अर्घाखाँचीमा सानाठुला सडक र पुलहरु दुर्त गतिमा अगाडि बढिरहेका छन अनुगमन तिब्र पारेका छौ : प्रमुख चौधरी

सुर्य भुसाल
मङ्सिर १९ सुपादेउराली अनलाइन अर्घाखाँची । सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीले सडक र पुल निर्माणको कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउदै अनुगमन निरिक्षण लाई तिब्र पारेको छ ।सिनियर डिभिजन ईन्जिनियर बिनोद चौधरीका अनुसार पुर्वाधार बिकास कार्यलय अर्घाखाँची को मातहतमा ठूला साना गरि २९ ओटा योजनाको काम अगाडि बढिरहेको छ भने केही काम नया सुरुवाति चरणमा छन । पुर्वाधार कार्यलय अर्घाखाँची ले सडक र पुल निर्माणको कार्यलाई अघि बढाउनुको साथै ठुला ठुला पहुच मार्गका टेन्डरहरु प्रकासित गरि काम को प्रक्रिया अगाडि बढाएको छ ।

रामपुर-कपुरकोट सडक योजना अन्तरगत १६ करोड २८ लाख १८ हजार लागतमा सन्धिखर्क-किमडाँडा-ढाकावाङ सडक पक्की गर्ने काम दुर्त गतिमा अगाडि बढिरहेका छन। १९ करोड ४९ लाख ९० हजारको लागतमा सन्धिखर्क वल्कोट-तम्घास खडकखण्डको बल्कोट-नेटा खण्डको सडक खन्डमा डिभेस्टिक पिच गर्ने काम को ठेक्का सम्झौता भईसकेको पुर्वाधार कार्यलय अर्घाखाँची का सिनियर डिभिजन ईन्जिनियर बिनोद चौधरीले जानकारी दिनु भयो भने अर्घाखाँची मा चार ओटा ठूला सडक पहुच मार्ग र केही पुलहरु समेत निर्माण गर्न लागिएको छ ।

डिभिजन प्रमुख चौधरी का अनुसार गर्वे खोला छत्रदेवमा २ करोड २५ लाख ३५ हजारको र सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ रूव्दी बाँगीखोलामा २ करोड ४७ लाख ८१ हजारको लागतमा पुल निर्माण का लागि प्रकिया अगाडि बढेको छ । यस्तै मालारानीगाउपालिका ५ सयखोलामा २ करोड ३० लाख १० हजारको लागतमा र २ करोड ६२ लाख ९६ हजारको लागतमा हल्देरह सडक पुल निर्माण गर्न लागिएको डिभिजन प्रमुख ईन्जिनियर चौधरीले जानकारी दिनु भयो।
बिगत १ बर्ष अगाडि अर्घाखाँची मा स्थापना भएको कार्यलय मा स्थापना हुदा नै चौधरी प्रमुख बनेर बनेका कारण कामले दुर्त रुप लिएको हो दिन रात कार्यलयको काममा खट्ने जन्ता प्रति निकै उत्रदायि गुणस्तरीय काम गराउने सुशासन पार्दर्सिता कायम गर्न सफल चौधरी अनुभवी कार्यलय प्रमुख हुन । फिल्डमा दैनिक खटेर काम गराउने डिभिजन ईन्जिनियर चौधरी ले गुणस्तरीय काम नगर्ने को भुक्तानी रोक्ने र कहि कतै प्राबिधिक मिस्टेक भएमा पुरानो पैसाबाट ठेक्का लिने ब्यक्ति लाई पुन काम गराई छाड्ने चौधरी को दाबि छ भने कार्यलय ब्यबस्थापन पनि निकै राम्रो छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार