
जुमानसिंह केसी
मङ्सिर २५ सुपादेउराली अनलाइन प्युठान । राष्ट्रिय जनमोर्चाले देश ब्यापी रुपमा सञ्चालन गरेको विरोध कार्यक्रम अन्तरगत प्युठानकाे खलंगामा बिराेध सभा सम्पन्न भएको छ।
गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं
संघीयता र भ्रष्टाचारको विरुद्धमा संघर्ष गरौं!भन्ने नाराका साथ संघीयता भ्रष्टाचारकाे विरुद्धमा कार्यक्रम गरेको राजमो प्युठानले जनाएको छ।
कार्यक्रमलाई सम्बाेधन गर्दै राजमो लुम्बिनी प्रदेश अध्यक्ष बोम ब खत्रीले अहिलेको वर्तमान सरकार जनता बाट नङिदै गएको आरोप लगाउनु भयो सरकारका कारण राजाबादी र विदेशी सक्तिले चलखेल गरिरहेका छ्न सरकार राम हेरिरहेको छ। आफू भित्रको कलहले देश अप्ठ्यारोमा पर्ने भन्दै सरकार र नेकपा लाई जिम्मेवार बन्न आग्रह गर्नु भयो।
ने क पा मसालका जिल्ला प्रबक्ता ज्ञमुराम न्यौपानेले सहि निति र बिचारले मात्रै देश अगाडि बढ्ने भन्दै मसालको नीति र विचारमा सबै गोलबन्द हुन सबैमा अपिल गर्नु भएको थियो, साथै उहाले पार्टी ठूलो हुदैमा बिकास निकास हुने भए नेकपाको नेतृत्व सरकार किन असफल भएको त? भन्दै उहाले सहि राजनीति विचार, दृस्ठिकोणले मात्रै देश अगाडि बढ्ने कुरा उल्लेख गर्दै अहिले देश अत्यन्तै संकटमा पर्दै गएको र देसि बिदेशी प्रतिक्रियावादी शक्ति हाबी हुन लागेकोले सबै देशभक्त नेपाली एक हुनु पर्ने बताउनु भयो साथै सरकार गैर जिम्मेवार भएकोले जनताले सधै दुख पाउदै आएको उल्लेख गर्नु भएको थियो।
कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष कृष्ण खड्का र संचालन लाल बहादुर राउतले गर्नु भएको थियो।