
जुमान सिह केसी,
सुपादेउराली अनलाइन प्युठान। देशमा प्रतिगामी शक्तिहरुको चलखेल भएको भन्दै नेकपा मसाल प्युठानका जिल्ला प्रबक्ता ज्ञामुराम न्यौपानेले एक बिग्यप्ती प्रकासित गरि ध्यानाकर्षण गराउनु भएको छ। न्यौपानेले गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध हमाला भइरहेको भन्दै एस प्रकारका गतिबिधिलाई हल्का र सामन्य रुपामा नलिन सबैमा आग्रह गर्नु भएको छ । बिज्ञप्तिमा भनिएको छ भारतीय साम्राज्यवादले नेपालको भुमी अतिक्रमण गर्ने काम रोकिएको छैन र कालापानी, लिम्पियाधुरा लगाएतका भुभाग फिर्ता गर्ने मनस्थिति नबानाएकोले सबै देशभक्त शक्तिहरु एक हुन समेत आग्रह गर्नु भएको छ।साथै उहाले देशमा संघीयता प्रणाली लागू भएको भन्दै यो प्रणालीले नेपालमा बिकास नभई विखण्डन र अराजकता मौलाउने भन्दै तत्काल संघीयता अनुसारका प्रदेश सरकार खारेज गर्न माग गर्नु भएको छ।आफ्नो पार्टी सुरु देखि संघीयता नेपालको हितमा नरहेको स्पष्ट पर्दा समेत ठुला पार्टीहरु सत्ता स्वार्थका कारण संघीयतालाई बोकेर हिडेको आरोप लगाउनु भएको छ।कुनै हालतमा आर्थिक रुपले अहिलेको संघीयता धान्न नसक्ने उहाको तर्क रहेको छ।वर्तमान सरकार भर्स्ट्चारलाई संरक्षण गर्ने सरकारको गलत सस्खारको कारण देशमा शिक्षा,स्वास्थ, रोजगार, सुसाशन, शान्ती सुरक्षा कायम हुन नसकेको भन्दै सरकार अलोकतान्त्रिक र जनताबिरोधि कित्तामा गएको बताउनु भएको छ।देश संकटमा पर्न लागेकोले देशलाई जोगाउन नेकपा मसालले घोषणा गरेका नीति कार्यक्रममा सहयोग एक्यवद्धताका लागि शिक्षक, विद्यार्थी, सचेत नागरिक, बुधिजिबि,किसान मजदुर आम जनसमुदायमा बिग्यप्ती मार्फत सबैमाआग्रह गर्नु भएको छ।