फ्यङ्गथेक माईग्रेन्ट वेलफेर सेन्टर नेपाली समिति दक्षिण काेरियाद्वारा ढाकावाङ्गमा पन्ध्र हजार माक्स नि:शुल्क वितरण

मङ्सिर ३० सुपादेउराली अनलाइन अर्घाखाँची। जिल्लाकाे भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ मा मंगलबार नि:शुल्क माक्स वितरण गरिएको छ ।       

फ्यङ्गथेक माईग्रेन्ट वेलफेर सेन्टर नेपाली समिति दक्षिण काेरिया र भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गका ६ जना काेरियामा बस्ने युवाहरु याेगेश भुसाल, कमल बन्जाडे, रामजी बन्जाडे, सुशील भुसाल, केशव खनाल र शिव बेल्वासेकाे आर्थिक सहयाेग तथा ढाकावाङ्गका विशाल वेल्वासे, राजु बन्जाडे, प्रकाश खनाल, शुनिल बन्जाडे, केशव भुसाल, कैलास बेल्वासे, नवीन वेल्वासे, बावुराम खनाल र टेकराज भुसाल लगायतको बिशेष सहयोगमा भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ नम्वर वडा (साविक ढाकावाङ्ग गा•बि•स) का बिद्यालय, संघ संस्था, स्वास्थ चाैकी, प्रहरी चाैकि तथा प्रत्येक टाेलमा नि: शुल्क पन्ध्र हजार माक्स वितरण गरेकाे फ्यङ्गथेक माईग्रेन्ट वेलफेर सेन्टर नेपाली समिति दक्षिण काेरियाका पुर्व अध्यक्ष तथा माक्स वितरण कार्यक्रम समयाेजक राजेन्द्र बेलवासेले जानकारी दिनुभयाे। 

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार