कालिका मानवज्ञान मावि बुटवलको ६०औं वार्षिकोत्सव शुरु

कालिका मानव ज्ञान मावि बुटवलको ६०औं वार्षिकोत्सव शुरु भएको छ । वार्षिकोत्सवका अवसरमा विद्यालयले विभिन्न खेल प्रतियोगिताहरु शुरु गरेको छ । पहिलो दिन शुक्रबार छात्रतर्फ १५ सय मिटरको दौड प्रतियोगिताको उद्घाटन गर्दै वार्षिकोत्सव शुरु भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । 

सो अवसरमा बोल्दै अध्यक्ष गलामीले शैक्षिक क्रियाकलापसंगै विद्यार्थीको स्वास्थ्य र सर्वाङगीण विकासका लागि खेलकुद प्रतियोगिताको ठूलो महत्व हुने बताए । वार्षिकोत्सवको अवसरमा विद्यालयले भलिबल, एथलेटिक्स, निवन्ध, चित्रकला, वक्तृत्वकला र शेरबहादुर गुरुङ जिल्लास्तरीय अन्तरमावि कविता प्रतियोगिता गर्ने विद्यालयका प्राचार्य विष्णुहरि ज्ञवालीले बताए । 

पुस ७ गते वार्षिकोत्सव मूल समारोहमा शैक्षिक पुरस्कार,अक्षयकोषबाट छात्रवृत्ति वितरण,जीपीए ४ ल्याउने कक्षा ८ र १०का विद्यार्थी तथा दीर्घ सेवी शिक्षक सम्मान लगायतका कार्यक्रमहरु रहेको प्राचार्य ज्ञवालीले बताए । कोरोना महामारीका कारण यस वर्ष खेलकुदका विभिन्न प्रतियोगिता आन्तरिकरुपमा मात्रै गर्नुपरेको विद्यालयका खेल प्रशिक्षक हरिष ओलीले बताए । 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार