बुटवल । कालिका मानवज्ञान माध्यमिक बिद्यालय बुटवलले खेलकुदका बिभिन्न विद्यामा बिद्यार्थीहरुको अभिरुची जगाई शारिरिक तथा मानसिक बृद्धि र बिकासको लागि आयोजित खेलकुद सप्ताह कार्यक्रम जारी रहेकाे छ।
खेल सप्ताहकाे पुस ३ गते बिद्यालयका अध्यक्ष श्री हाेम बहादुर गलामीले उद्घाटन गर्नु भएको थियाे
खेल सप्ताको तेस्रो दिन आज भलिबल, दाैड खेल, हाइ जम्प, लङ जम्प सम्पन्न भएकाे छ। आज भएको खेलमा छात्र तर्फकाे भलिबलमा कक्षा ११काे टिम प्रथम, कक्षा १२ काे टिम द्धितिय र कक्षा ९ र १० काे टिम तृतीय भएका थिए।
त्यस्तै भलिबल छात्रा तर्फका १२ काे टिम प्रथम, कक्षा ११ काे टिम द्धितिय र कक्षा ९ र १० काे टिम तृतीय भएका थिए।
त्यस्तै आजै भएको ५००० मिटर दाैडमा राेशन गुरुङ प्रथम, सचिन थापा द्धितिय, अमित राना तृतीय र प्रशान्त भुजेल सान्त्वना भएका छन् ।
छात्र तर्फकाे १५०० मिटर दाैडमा राेशन गुरुङ प्रथम, दिपेन थापा द्धितिय, अमित राना तृतीय भएका छन।
छात्रा तर्फ ८०० मिटर दाैडमा कृति पराजुली प्रथम, रक्षा थापा द्धितिय, कुमारी तिवारी तृतीय भएका छन्।
छात्र तर्फ भएको छटपुटमा उत्तम श्रेष्ठ प्रथम, देभिड कपिल द्धितिय, दर्शन भुसाल तृतीय भएका छन् भने छात्रा तर्फ आकृति श्रेष्ठ प्रथम, ज्याेती भण्डारी द्धितिय, रक्षा थापा तृतीय भएका छन्।
छात्र तर्फ छेलाे फाल्ने खेलमा बिनाेद खत्री प्रथम, दर्शन भुसाल, द्धितिय, राहुल अर्याल तृतीय भएका छन्, छात्रा तर्फ ज्याेती भण्डारी प्रथम, अन्जली क्षेत्री द्धितिय र स्वेता पाैडेल तृतीय भएका छन्।
त्यस्तै छात्र तर्फ भएको लङ जम्पमा राहुल दवाल, प्रथम, विशाल पराजुली द्धितिय, प्रकाश पाण्डे तृतीय र दिवस पाण्डे सान्त्वना भएका छन भने छात्रा तर्फ अन्जली क्षेत्री प्रथम, आशमा बिक द्धितिय, कृति पराजुली तृतीय र सन्ध्या गाैतम सान्त्वना भएका छन्।
छात्र हाई जम्प तर्फ राहुल दवाल प्रथम, सचिन थापा द्धितिय, विवेक पन्थी तृतीय र छात्रा तर्फ अन्जली क्षेत्री प्रथम, आश्मा बिक द्धितिय र कृती पराजुली तृतीय भएकाे खेल संयाेजक प्रशिक्षक हरिश वलीले जानकारी दिनुभएको छ।
भाेली पुस ६ गते सेक्टर २ रामनगरमा जिल्ला स्तरीय कविता प्रतियोगिता सहित अन्य पुरस्कार वितरण कार्यक्रम हुने बिद्यालयका प्राचार्य बिष्णु हरि ज्ञवालीले जानकारी दिनुभएको छ।