टेकराज भुसाल,
सुपादेउराली अनलाइन अर्घाखाँची । राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य झविलाल थापाले प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा वलीले सत्ता र शक्तिकाे आडमा संसद विघटन गरेकाे आराेप लगाएका छन्।
राष्ट्रिय जनमाेर्चा भुमिकास्थान नगरपालिकाकाे आयाेजनामा भुमिकास्थानकाे धारापानीमा भएकाे बिराेध सभालाई सम्बाेधन गर्दै थापाले प्रधानमन्त्री केपी ओलीले आफ्नो दलको विवाद मिलाउन नसकेर मन्त्रिपरिषद्को निर्णयद्वारा प्रतिनिधिसभा विघटन गरेको आराेप लगाउदै त्यसको लागि राष्ट्रपतिलाई सिफारीस गर्ने कार्य अप्रजातान्त्रिक कदम एवं गम्भीर गल्ती भएको भन्दै राष्ट्रिय जनमाेर्चाले तीव्र विरोध र भ्रर्त्सना गर्ने समेत बताए ।
त्यस्तै राष्ट्रिय जनमाेर्चा अर्घाखाँचीका जिल्ला अध्यक्ष थम्मन केसीले राजावादीहरूले संघीयताप्रति नेपाली जनताको घृणा देखेपछि संघीयता खारेज गर भन्ने गरेको अवसरवादी तरिकाबाट फाइदा उठाउन खोजेको तथ्य प्रष्ट पार्दै संघीयताप्रति जनताको वितृष्णाबाट राजतन्त्र फर्काउने कुचेष्टा गरेको बताउनुभयो ।
कार्यक्रमलाई राष्ट्रिय जनमाेर्चाका नेता सागर केसी, नेकपा (मसाल) जिल्ला प्रवक्ता पशुपति ढकाल, अनेम संघकी माधवा वेल्वासे लगायतले सम्बाेधन गर्नुभएको थियाे।
कार्यक्रममा राष्ट्रिय जनमाेर्चा जिल्ला सचिव तथा भुनपा- ४ का वडा अध्यक्ष बावुराम पन्थी, अन्टुक का कृष्ण वन्जाडे, राजमाे जिल्ला सल्लाहकार दिलदार हुसेन, युवक संघका झविन्द्र चुदाली, युएई नेपाली एकता समाजका अजय केसी, प्रगतिशील पत्रकार संघका माधव खनाल र टेकराज भुसालकाे आतिथ्यता रहेकाे थियाे।
कार्यक्रम राजमाे भुमिकास्थान नगर समिति सदस्य नारायण भुसाल, नगर सल्लाहकार बुद्धि बहादुर थापा काे स्वागत मनत्व र नगर सदस्य भाेजराज खनालकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे।