एजेन्सी। कोरोना भाइरस ठिक पार्ने अनुमान गरिएको एउटा एन्टीभाइरस औषधीको परीक्षण असफल भएको छ।
अनियमित किसिमले गरिएको परीक्षणमा ‘रेम्डिसिभियर’ नामक सो एन्टीभाइरल औषधी असफल भएको बिबिसीले आफ्नो समाचारमा जनाएको छ।
विश्व स्वास्थ्य संगठनबाट भूलवश प्रकाशित भएका सो परीक्षणका मस्यौदा कागजातहरूले चिनियाँ परीक्षणमा औषधी असफल भएको देखाएको हो।
ती कागजातले परीक्षणका क्रममा प्रयोग गरिका औषधीले विरामीको अवस्थालाई सुधार पनि नगरेको र रक्तनलीमा प्याथोजिनको उपस्थितिलाई पनि कम नगरेको जनाएको छ।
सो औषधि विकासमा रहेको अमेरिकी कम्पनी गिलिड साइन्सेसले प्रकाशित मस्यौंदाले अध्ययनलाई गलत अर्थ लगाएको बताएका छन्।
परीक्षणसम्बन्धि विवरणहरू भूलवशः सार्वजनिक हुन पुगेको डब्लुएचओले जनाएको छ। ती विवरणहरू पछि हटाएको थियो।
सार्वजनिक भएको विवरणका परीक्षण गरिएका २ सय ३७ जना विरामीहरू मध्ये १५८ जनालाई सो औषधी दिएर त्यसले उनीहरूमाथि गरेको असरलाई अध्ययन गरिएको थियो भने बाँकी ७९ जनालाई भने कुनै शारिरिक औषधी नभई मनोवैज्ञानिक किसिमले बलियो बनाउने औषधी दिएर तुलना गरिएको थियो।
औषधीले दुष्प्रभाव देखाएपछि परीक्षणको सुरुवातमै रोकिएको बिबिसीमा प्रकासित समाचारमा जनाइएको छ।
एक महिना चलेको परीक्षणमा औषधी प्रयोग गरिएका झण्डै १३.९ प्रतिशत मानिसको मृत्यु भएको थियो भने सो औषधी नलिएका १३.८ प्रतिशतको मृत्यु भएको थियो।
स्रोत: सेतोपाटी