
टेकराज भुसाल
पुस ६ सुपादेउराली अनलाइन बुटवल । कालिका मानवज्ञान माध्यमिक बिद्यालय बुटवलको ६० औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसर पारी भुतपुर्व बिद्यार्थी समाज कालिका मानवज्ञान माविले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
सेक्टर २ रामनगरकाे बिद्यालयमा आयोजित रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको छ । ब्लड बैंक बुटवलको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा भूपू विद्यार्थी, शिक्षक र अभिभावकहरुले रक्तदान र प्लाज्मादान गरेका थिए । रक्तदान कार्यक्रमले रगतको अभाव पुरा गर्न मद्दत गर्ने र पुर्व विद्यार्थीहरुलाई पुनर्मिलन गर्ने अवसर प्रदान गरेको भुतपुर्व बिद्यार्थी समाज कालिका मानवज्ञान मा•बि बुटवलले जनाएको छ।