
टेकराज भुसाल,
पुस ०६ सुपादेउराली अनलाइन। कालिका मानवज्ञान माध्यमिक बिद्यालय बुटवलको ६० औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसर पारी शेरबहादुर गुरुङ जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ।
कालिका मानवज्ञान माबिकाे सेक्टर २ रामनगरमा भएको काेराेना र शिक्षा शिर्षकमा भएको कविता प्रतियोगितामा रुपन्देही जिल्लाका १४ वटा बिद्यालयकाे सहभागीता रहेकाे थियो जसमा क्यानन मावि बुटवल कि प्रिया श्रेष्ठ प्रथम, सगरमाथा आवासीय मावि का बन्दना भट्टराई द्धितिय र केरवानी मावि का राहुल सापकोटा तृतीय भएका थिए।
साेहि कार्यक्रममा यश अघि भएका भलिबल, दाैड छट पुट, हाई जम्प, लङ जम्प, छेलाे फाल्ने, लगायतका खेलहरु र कविता, निबन्ध प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय भएका खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुका
पुस ७ गते सेक्टर १ कालिका नगरमा हुने मुल समारोहमा बिद्यालयकाे वार्षिक मुखपत्र कालिका स्मारिकाकाे विमाेचन, बिद्यालयका विभिन्न तहमा उत्कृष्ट नतिजा ल्याउने शिक्षकहरु सम्मान, वर्ष शिक्षक घाेषणा र सम्मान, विभिन्न विधामा उत्कृष्ट बिद्यार्थीहरु सम्मान गरिने कालिका मानवज्ञान मावि बुटवलले जनाएको छ।