जुमान सिंह केसी
सुपादेउराली अनलाइन प्युठान ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा प्रतिनिधि सभाको विघटन गरेको भन्दै राष्ट्रिय जनमोर्चाले गौमुखी गाउँपालिकाको ठुलाबेसीमा मसाल जुलुस सहित बिरोध प्रदर्शन गरेको छ ।
मसाल जुलुस सहित बजार परिक्रमा पछि ठुलाबेसिमा कोण सभालाई नेकपा मसालका जिल्ला प्रबक्ता ज्ञामुराम न्यौपानेले सम्बोधन गर्दै संविधान भन्दा माथी गएर गरिएको प्रतिनिधि सभा भंग कुनै हालतमा सहि नभएको र अप्रजातान्त्रिक र गम्भीर भुल भएको बताउनु भयो।
साथै उहाले देशमा अस्थिरता आउने र देशीविदेशी शक्तिहरुको चलखेल बढ्ने भन्दै देशभक्त नेपाली एक हुनु पर्ने बताउनु भयो। नेकपाको दम्बले देश गम्भीर संकट्मा परेको भन्दै उहाले देशमा महङ्गि, भर्स्ट्चार अराजकता मौलाउनुमा वर्तमान वली सरकार जिम्मेवार रहेको समेत आरोप लगाउनु भयो।कोण सभाको सञ्चालन अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य बरुणध्वज मल्लले गर्नु भएको थियो। ।