भ्रष्टाचारीलाई कारवाही हुनुपर्ने स्वतन्त्र नागरिक समूहको माग

पुस ७ सुपादेउराली अनलाइन बुटवल । स्वतन्त्र नागरिक समूह, नेपालले भ्रष्टाचारीलाई कारवाहीको माग गरेको छ । भ्रटाचारीलाई कारवाही गरेर देशमा मातृभूमि नेपालको सञ्चालन, चिन्तन, धार्मिक सुशासन र जनहितकारी व्यवस्था हुनु पर्ने स्वतन्त्र नागरिक समूह, नेपालका अध्यक्ष विश्वराज गैरेले बताउनुभएको छ । अध्यक्ष विश्हराज गैैैैरेले  मंगलबार विज्ञप्ती जारी गरी अन्याय, अत्याचार, भ्रष्टाचार र अनियमितताका कारण हाल यो परिस्थिती विद्यामान भएको दावी गर्नुभएको छ । जनइच्छा विपरित स्थापना भएको गणतन्त्रआत्मक संघीय व्यवस्थाका मतियारहरुले देश र जनतालाई अन्याय, अत्याचार, अनियमितता गरेका कारण हाल यो परिस्थिति विद्यामान भएको अध्यक्ष गैरेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार