श्यामलाल पोखरेल
बुटवल, पुस ९ ।
संसद विघटनलाई राष्ट्रिय जनमोर्चाले असंवैधानिक र लोकतान्त्रिक बताएको छ । राष्ट्रिय जनमोर्चाले संसद विघटन, संघीयता, भ्रष्टाचारका विरुद्ध र गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको पक्षमा देशभर सभाहरुको आयोजना गरिरहेको छ ।राष्ट्रिय जनमोर्चा रुपन्देहीले बुधबार बुटवलमा विरोधसभा सम्पन्न गरेको छ । बिरोध सभामा बोल्ने सो पार्टीका नेताहरुले प्रधानमनत्री ओलीले संसद विघटन गरेर गम्भीर गल्ती गरेको बताएका छन् । संसद विघटन भएपछि राजावादीहरुको झनै चलखेल बढेको र भारतले आफ्नो अनुकुलमा नेपालमाथि हस्तक्षेप बढाउंदा गणतन्त्र संकटमा परेको उनीहरुको दावी छ । बिरोध सभामा बोल्दै नेकपा मसाल रुपन्देही प्रवत्ता नारायण जीसीले भारतको बढ्दो हस्तक्षेप र राजावादीहरुको चलखेल बढेको बेला संसद विघटन हुंदा गणतन्त्र संकटमा परेको बताउनुभयो । संघीय संरचना अनुसारका प्रदेश खारेज गर्ने बेला प्रधानमन्त्री ओलीले संसद विघटन गरेर गम्भीर गल्ती गरेको बताउनुभयो । प्रवक्ता जीसीले ओल ीको कमद गलत भएको बताउंदै देशभर बिरोध सभाहरु आयोजना गरेर संघीयता, भ्रष्ट्राचारका बिरुद्व र गणतन्त्र र धर्मनिरपेक्षतमा जनतालाई सचेत गराउने बताउनुभयो । राष्ट्रिय जनमोर्चा रुपन्देही सचिव टानबहादुर केसीले संघीयताले कमजोर बनाएको र कोरना भाइरस लागेका नागरिकलाई उपचार गराउन सरकार असफल भएको अवस्थामा प्रधानमन्त्री ओलीले संसद विघटन गरेकै कारण देशमा संकट उत्पन्न भएको दावी गर्नुभयो । कार्यक्रममा अखिल छैठौंका रुपन्देही अध्यक्ष सरोजमान सिंह, अखिल नेपाल जनजाती सम्मेलनका लुम्बिनी प्रदेश सदस्य विमलकुमार श्रीषले बोल्दैे संसद विघटनसंगै राजनीतिक संकट उत्पन्न भएको बताउनुभयो । आगमी बैशाखमा चुनाव हुने सम्भावना नरहेको र संघीयता खारेजी नगर्दासम्म देशले सही प्रकारको निकास नपाउने बताउनुभयो । केपी पोखरेलको अध्यक्षता र मुक्ति सापकोटाको सञ्चालनमा कार्यक्रम भएको थियो ।