संसद पुनःस्थापना हुनुपर्छ : राजमो अध्यक्ष केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केेेसीले संसद पुनःस्थापनाको माग गरेका छन् । संसद विघटन गर्ने असंवैधानिक निर्णयले मुलुक र गणतन्त्रलाई धरापमा पारेको बताउँदै उनले संसद पुनःस्थापनाको माग गरे । संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा गएपछि सबैको आँखा त्यतातर्फ गएको बताउँदै पक्षमा फैसला हुनु पर्नेमा जोड दिए ।

रिपोटर्स क्लब लुम्बिनीलले विहिबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै केसीले आफ्नो पार्टीको गुटगत स्वार्थ, व्यक्तिगत महत्वकांक्षा र सत्ता लिप्साका कारण दलहरुले यसरीनै पटक पटक जनतालाई विश्वासघात गर्ने गरेको आरोप लगाए । अहिले देशको स्वाधिनता रक्षाका लागि प्रजातन्त्रवादी शक्तिहरू र गणतन्त्रवादी शक्तिहरु एक हुनु पर्ने बेला भएको बताउँदै उनले देशलाई नै संकटमा पार्ने गरी प्रधानमन्त्री ओलीले गरेको निर्णय गतल भएको उल्लेख गरे ।

‘कम्युनिष्ट आन्दोलनका नाममा बदनाम मात्रै भएको छ । कानूनी व्यवस्था र सिद्धान्तको सँस्कृति हराएको छ ।’–केसीले भने, ‘विदेशी शक्ति राष्ट्रहरुले नेपालमा चलखेल गर्नु र गर्न खोज्नु स्वाभाविक हो । नेपालका दलहरु नै सजग हुन जरुरी छ ।’

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार