अखिल नेपाल किसान महासंघको प्रशिक्षण कार्यक्रम भुमिकास्थान नगरपालिका वडा नम्बर १ को दमारामा सम्पन्न

माधव खनाल
९ पौष सुपादेउराली अनलाइन अर्घाखाँची ।
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ अफाको एक दिने प्रशिक्षण कार्यक्रम बिहीवार भुमिकास्थान नगरपालिका वडा नम्बर १ को दमारामा अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष भैरव राज रेग्मिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।प्रशिक्षण कार्यक्रम प्रशिक्षण दिदै अध्यक्ष रेग्मीले किसान हरुको वास्तविक पीडा बुझेमा मात्रै बल्ल किसान हरुले उचित राहत पाउने कुरामा जोड दिनुभएको थियो साथै रेग्मिले केपि वलि नेतृत्वको सरकारले किसान हरुको वास्तविक पीडा बुझ्नेछ भन्ने कुरामा बिस्वस्थ रहेका थिए तर सरकारले किसान हरुको पीडा बुझ्नुको साटो किसान हरुलाइ झन दुखित तुल्याएको आरोप लगाए ।
प्रशिक्षण कार्यक्रममा अखिल नेपाल महिला संघकि अर्घाखाँची जिल्ला सदस्य खुमा बेल्बासे (माधवा) राष्ट्रिय जनमोर्चाका भुमिकास्थान नगरपालिका सदस्य तथा भुमिकास्थान नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष भोजराज खनाल वडा सदस्य चमकला नेपाली लगाएतले प्रशिक्षण दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार