रुद्रावतीको दशौं साधारण सभा सम्पन्न, कृषिमा रुद्रावती सहकारीको प्राथमिकता

श्यामलाल पोखरेल
सुपादेउराली अनलाइन बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर आठमा सञ्चालित रुद्रावती बचत तथा ऋण सहकारी संस्थाले दशौं वार्षिक साधाराण सभा सम्पन्न गरेको छ । रुद्रावती बचत तथा ऋण सहकारीले कोरोनाका कारण स्वास्थ्य मापदण्डलाई पालना गरी आफ्नो बार्षिक साधारण शनिबार बुटवलमा सम्पन्न गरेको हो । सोही वार्षिक साधारण सभामा बोल्ने सहकारी अभियान्ताहरुले सहकारीको लगानीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने र सहकारीमा आवद्व नभएकाहरुलाई सहकारीमा आवद्व गर्नुपर्नेमा जोड दिएका छन् । सहकारीबाट आर्थिक रुपमा आत्मनिर्भर बन्न सकिने भएकाले सहकारी अभियानलाई सबैको घरघरमा पुराउनु पर्ने सहकारी अभियान्ताहरुको भनाइ छ । सोही कार्यक्रममा बोल्दै रुद्रावती बचत तथा ऋण सहकारीका सल्लाहाका ताराप्रसाद पराजुलीले सहकारीका सिद्वान्तलाई सबैले पालना गर्नुपर्ने र सहकारी सञ्चालनमा इमान्दारिता खांचो रहेको बताउनुभयो । शेयर सदस्यहरु धिरलाल न्यौपाने र सरस्वती घिमिरेले सहकारीको मुल्यमान्यता अनुसार सहकारी सञ्चालन गरिएको प्रतिवद्वता जनाउंदै सबैले सहकारीका मुल्यमान्यतालाई पालना गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीका अध्यक्ष चुराबहादुर थापाको अध्यक्षता, दिलबहादुर थापाको सञ्चालन र उपाध्यक्ष चुत्रबहादुर पौडेलको स्वागतमा भएको वार्षिक साधारण सभामा कोषाध्यक्ष राधिका श्रेष्ठले आर्थिक प्रतिवेदन र लक्ष्मण सुवेदीले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीको तर्फबाट मानव सेवा आश्रमलाई ५ हजार ५ सय ५५ रुपैयां सहयोग गरिएको र शेयर सदस्य होमबहादुर कार्कीको घरमा आगोलागी भएकाले रु ५ हजार र कोभिडको प्रभावलाई मध्येनजर गरी ३ महिनाको व्याजमा १० प्रतिशत छुट गरिएको कार्यसमितिका सदस्य प्रदीप जीसीले जानकारी गराउनुभयो । कार्यसमितिका सदस्य प्रदिप जीसीका अनुसार सहकारीले आगमी वर्षको कार्यायोजना तयारी गरेको छ । जसमा कृषि कार्यक्रम सञ्चालन गर्ने र कृषिका लागि ३ जना सदस्यको जमानतमा ५ लाखसम्म लगानी गरिने छ । धितो लगानमिा १५ लाखसम्म लगानी गरिने र १० लाख भन्दा माथिको रकममा इन्जिनियरबाट अनिवार्य मुल्याकंन गरी आम्दानीको श्रोत खोजी सहकारीले लगानी गर्ने छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार