माओले प्रतिपादन गरेका सिद्वान्त व्यवहारमा लागु गर्नुपर्छ: राजमो अध्यक्ष केसी

श्यामलाल पोखरेल
पुस ११ सुपादेउराली अनलाइन बुटवल । चिनियां कम्युनिष्ट पार्टीका अध्यक्ष माओको १२८ औं जयन्ती मनाइएको छ । विभिन्न कम्युनिष्ट घटकमा आवद्व कम्युनिष्ट पार्टीले शनिबार छुट्टाछुट्टै कार्यक्रम गरी माओजयन्ती मनाएका छन् ।रुपन्देहीको बुटवलमा नेपाल कम्युनिष्ट पार्टी मसालले १२८ औं माओजयन्ती मनाएको छ । माओ जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्ने कम्युनिष्ट नेताहरुले आफुलाई कम्युनिष्ट भन्नेले माओले प्रतिपादन गरेका सिद्वान्तहरु आत्मसाथ गर्नुपर्नेमा जोड दिए । माक्र्सवादलाई नमान्ने नामधारी कम्युनिष्टका कारण कम्युनिष्ट आन्दोलन बदनाम भएको उनीहरुको भनाइ छ । कार्यक्रममा बोल्दै कम्युनिष्ट नेता चित्रबहादुर केसीले सजिलै जनवादी क्रान्ति नहुने बताउंदै चीनमा माओले चलाएको लम्बे अभियान नेपालको कम्युनिष्ट आन्दोलनमा आत्मसाथ गर्नुपर्ने बताउनुभयो । कम्युनिष्टको नीति, सिद्वान्त, अनुसासन, आचरण नमान्ने र कम्युनिष्टको नाममा बेथिति गर्ने नक्कली कम्युनिष्टबाट सचेत भएर जनवादी क्रान्तिको बाटोमा लाग्नु पर्ने बताउनुभयो । कम्युनिष्ट पार्टीमा अध्ययन गर्ने बानी हराएको उल्लेख गर्दै आवश्यक्ताले कम्युनिष्ट जन्माएकाले नेपालमा कम्युनिष्टको भूमिका बढेको दावी गर्नुभयो । राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहनु भएका नेता केसीले संसद विघटनमा ओलीको मात्र चाहाना नभइ अमेरिका, भारत र युरोपिएन युनियनहरुको चाहानामा संसद विघटन भएको दावी गर्नुभयो । वापन्थी नेता कृष्णराज पौडेलले माओप्रति श्रदासुमन प्रकट गर्दै चीनमा माओले चलाएको सर्वहारा सांस्कृतिक क्रान्तिलाई नेपालको कम्युनिष्ट आन्दोलनमा प्रयोगमा ल्याउनु पर्ने बताउनुभयो । चीनमा भएको प्रतिक्रान्तिले संसारको कम्युनिष्ट आन्दोलनमा असर परेको उल्लेख गर्दै त्यसबाट पाठ सिकेर जनवादी क्रान्तिबाटो उत्तम हो भन्नुभयो । कम्युनिष्टको नाममा बनेको दुई तिहाइ नजिकको ओली नेतृत्व सरकारले असफल भएको उल्लेख गर्दै दुई तिहाई पाएको बेला पनि सरकार चलाउन नसकेर संसद विघटन गर्ने ओलीको कदम प्रतिगामी हो भन्नुभयो । संसदीय प्रणाली संसारमै असफ सिद्व भैसकेकाले अबको बाटो जनवादी क्रान्तिको हो भन्नुभयो वामपन्थी नेता कृष्णराज पौडेलले । वामपन्थी नेता सुरेश थापाले माओले प्रतिपादन गरेका सिद्वान्त प्रयोगमा नआएकाले नेपालको कम्युनिष्ट आन्दोलनमा विचलन र भड्काव आएको बताउनुभयो । नेपालमा कम्युनिष्ट पार्टीको लक्ष्य अनुसार कम्युनिष्ट व्यवस्था स्थापनाका लागि माओ विचारलाई व्यवहारमा आत्मसाथ गरेर जनवादी क्रान्तिको दिशामा अगाडी ढ्नुको अर्को विकल्प छैन भन्नुभयो । ठोंस परिस्थितीको ठोंस सवश्लेष्ण नहुंदासम्म कार्यनीति र रणनीतिक सवालमा कम्युनिष्ट पार्टी बन्न नसक्ने बताउनुभयो । उहांले माओ विचारधारलाई कम्युनिष्ट आन्दोलनमा हतियारको रुपमा प्रयोग गर्नुको विकल्प छैन भन्नुभयो ।
कार्यक्रममा तराई– मधेश जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, सांसद तारा जीसी, लोकराज भुसाल लगायतले माओबारे आआफ्ना भनाई राख्नुभएको थियो । वामपन्थी नेता चेतनाथ आचार्यको अध्यक्षता र नेकपा मसाल रुपन्देही प्रवक्ता नाराष्ण जीसीको अध्यक्ष्तामा कार्यक्रम भएको हो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार