
राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा मसाल जुलुश र कोण सभा गरेको छ । बर्तमान सरकारका कार्य असंवैधािनक भएका भन्दै संसद पुनर्स्थापना गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्ने , जताततै बिकृती र बिसङतीको निर्मुल हुनुपर्ने माग राख्दै राजमो जिल्ला समिती अर्घाखाँचीको आयोजनामा निकालिएको मसाल जुलुश सन्धिखर्क र चुत्राबेशिका विभिन्न स्थानबाट निस्किएर बजार परिक्रमा गरि शान्ती बगैंचामा पुगेर कोणसभामा परिणत भएको हो ।
जुलुसमा संघीयताको खारेजी गर , संसद पुनर्स्थापना गर , भ्रष्टाचारको अन्त्य गर जस्ता नाराहरु लगाइएको थियो । राजमो केन्द्रीय सदस्य झबिलाल थापाले सम्बोधन गर्दै संसद विघटन बदनियतपूर्वक गरिएको भन्दै पुनर्स्थापना गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
उहाँले संविधानको चिरहरण गर्दै गरिएको यो कार्य पुर्णतया असंवैधानिक भएको भन्दै कानुनी राज्यको खिल्ली उडाएकोमा आपती प्रकट गर्नु भएको थियो।
विरोध सभाको सञ्चालन राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेलले गर्नुभएको थियो । सन्धिखर्कको बसपार्क , चुत्राबेशिको मसाल बजार, र मस्जिदलाइनबाट एकै साथ निकालिएको मसाल जुलुस प्रहरिले हस्तक्षेप गर्ने प्रयास गर्दा गर्दै पनि शान्ती बगैचामा पुगि कोणशभामा परिणत भएको थियो ।