प्रतिनिधिसभा विघटन गर्ने कार्य बेमौसमी बाजा : पुर्व उपप्रधानमन्त्री केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले प्रतिनिधिसभा बिघटन गर्ने कार्य बेमौसमी बाजा भएको बताए । राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीले आयोजना गरेको पत्रकार भेट्घाट कार्यक्रमलाई लमहीमा सम्बोधन गर्दै केसीले दलको आपसी किचलोले संविधानमै व्यवस्था नभएको संसद विघटन भएको भन्दै पुर्नस्थापना हुनै पर्ने माग समेत गरे । उनले भने, ‘मुलुकमा कोरोनाले अर्थतन्त्र तहसनहस भएका बेला गर्ने नहुने काम भएको छ, इतिहाँसमा विघटन भएको संसद पुर्नस्थापन पनि भएको छ हुनुपर्छ ।’

अध्यक्ष केसीले देशमा स्थिरता कायम राख्नको लागि संविधान सुझबुझका साथ वनाएको स्मरण गर्दै अस्थिरता सिर्जना गर्न दक्षिणी मुलुकले पटक–पटक गरेको मेहनत स्वरुप संसद बिघटन भएको तर्क गरे । अध्यक्ष केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयलाई हातमा लिए जसरी संसद पुर्नस्थापना हुनै सक्दैन भन्नु दुखद् रहेको भन्दै, राजाले गर्ने काम प्रधानमन्त्रीले गरेको आरोप लगाए । उनले भने, ‘हिजो राजाहरुले आफूअनुकल नभए ड्याम्म संसद बिघटन गर्थे अहिले जनताको दुइतिहाइको मत पाएका जनताका छोराले राजाकै शैलीमा संसद बिघटन गराए, नाटक देखाए ।’ मुलुक उल्टो दिशामा हिंडेको भन्दै अध्यक्ष केसीले प्रधानमन्त्रीले संसदको सामना नगरिकन प्रतिनिधिसभा विघटन गर्ने नमिल्ने बताए ।

संविधान बनाउँदा देशमा अस्थिरता नहोस, सरकार लामो समय चलोस भनेरै धेरै प्रक्रिया पार गरेर पनि सरकार बन्ने अवस्था नभएमा मात्रै निर्वाचनबाट ताजा जनादेशमा जाने कुरा उल्लेख भएपनि संविधान नै नपढी संसद बिघटन गरेको उनको आरोप थियो । पत्रकार भेटघाट कार्यक्रमका प्रमुख अथिति समेत रहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले एमसीसी कुनैपनि हालतमा नेपालको हितमा नभएको बताउनुभयो । एमएमसी मार्फत नेपालमा विकास हुन्छ भन्न्ने भ्रम मात्रै हो, बरु नेपालमा बसेर अमेरिकाले चिनलाई घेराबन्दी योजना हो । संघीयताका कारण जनताले राजनीति प्रति वितृष्णा व्यक्त गर्ने गरेको भन्दै सानो मुलुकमा संघीयताको कामै नभएको ठहर उनको थियो ।

हामी सिंह दरवारको एउटा संसद चलाउन अवस्थामा छैनौ सिंह दरवारसहित देशका आठवटा सरकार चलाउनै सकिदैन, राज्यले धान्नै सक्दैन उनले भन्ने । राष्ट्रिय जनमोर्चा लमही नगर उपाध्यक्ष ताराप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बसन्त आचार्यले गरको थिए भने कार्यक्रमको सहजीकरण लेखराज आचार्यले गरेका थिए । अध्यक्ष केसीले बिहीबार घोराहीमा संसद बिघटनको विरोधमा हुने विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय जनमोर्चा दाङले जनाएको छ ।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार