५० वर्षअघि गणतन्त्रका लागि १४ बर्ष जेल बसेको मै हुँ: प्रधानमन्त्री ओली

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु आजभन्दा ५० वर्ष अघि नै गणतन्त्रका लागि रोडमा उफ्रेको बताएका छन् ।  शुक्रबार कैलालीको धनगढीमा आफु पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफु ५० बर्षअघि नै गणतन्त्रका लागि लडेको बताएका हुन् । ‘५० वर्ष अघि गणतन्त्रका लागि रोडमा उफ्रने मै हो । त्यसक्रममा १४ वर्ष जेल नै बसेको छु’, ओलीको भनाई छ । उनले प्रचण्ड–माधव पक्षलाई भगौडाको संज्ञा दिँदै आगामी निर्वाचनमा १० सिट जितेर देखाउन चुनौती दिए ।

उनले काम लाग्छ की भनेर प्रचण्डलाई पार्टीमा लयाएको र सुधार्न धेरै साबुन र पानी खर्च गर्दा पनि नसुध्रिएको बताए । उनले चुनाव रोक्न कसैले नसक्ने भन्दै चुनावमा लाग्न र आफुले हस्ताक्षर गरेर पठाएको उम्मेद्वारलाई जिताउन कार्यकर्तालाई सुझाव दिए । आफुले हस्ताक्षर गरेर पठाएको उम्मेद्वारलाई भोट हाल्न आग्रह गर्दै त्यसपछि देशको विकास गर्ने जिम्मेवारी आफ्नो हुने दावी गरे । उनले प्रचण्ड माधव अहिले सडकमा गाली गलोजमा उत्रिएको आरोप समेत लगाए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार