अम्लाचाैर- काेरिया युथ युनियनद्वारा आयोजित खुल्ला भलिबल प्रतियाेगिताको उपाधी गुल्मीको पिपलधारा समूहलाई

टेकराज भुसाल
पुस २८, सुपादेउराली अनलाइन अर्घाखाँची। अम्लाचाैर- काेरिया युथ युनियन भुमिकास्थान नगरपालिका-२ ढाकावाङ्गद्वारा आयाेजित खुल्ला भलिबल प्रतियोगितामा गुल्मीको पिपलधारा समूह प्रथम भएको छ। 

भुमिकास्थान २ ढाकावाङ्ग अम्लाचाैरमा पुस २७ गते साेमबारदेखि शुरु भएको भलिबल खेलकाे आज फाइनल खेल भएको हाे।
सहभागी १२ समूह मध्य प्रथम स्थानका लागि आयोजक `ए´ समूह र गुल्मीको पिपलधारा समूह बिच भएकाे खेलमा आयोजक `ए´लाई पछि पार्दै पिपलधारा समूहले प्रथम स्थान हासिल गर्न सफल भएकाे हाे भने, आयोजक दाेस्राे भएकाे छ   

यसै गरि तेस्राे स्थानकाे लागि आयोजनक `बि´ र फलामखिल्लि बिच भएकाे खेलमा  आयोजक `बि´लाइ पछिपार्दै  फलामखिल्लिले तेस्राे स्थान हाता पारेको छ ।

उक्त खेलमा पिपलधारा समूहका खेलाडी पुष्कर कुवर उत्कृष्ट खेलाडी छनाेट भएका छन्। उनलाई नगद र प्रमाणपत्रले सम्मानित गरिएको थियाे भने प्रथम , द्वितीय , तृतीय हुनेलाई कार्यक्रमका प्रमुख अतिथि भुमिकास्थान नगरपालिका नगर प्रमुख रेशम थापा, भुमिकास्थान नगरपालिका-२ का वडा अध्यक्ष बुद्धि बहादुर थापाले क्रमश २० हजार, १० हजार र ५ हजार सहित सिल्ड मेडल र प्रमाण पत्र हस्तान्तरण गर्नुभएकाे थियोे ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार