
जुमान सिंह केसी
पुस २९, सुपादेउराली अनलाइन प्युठान। एकीकृत विकास संघ (युनेसिन ) को १५ औ बार्शिक साधारणसभा प्युठानको गौमुखी गाउँपालिकाको ठुलाबेसीमा सम्पन्न भएको छ।
गौमुखी गाउँपालिकाका अध्यक्ष बिस्नु कुमार गिरिको प्रमुख आतिथ्यता, सस्थाका सर्वोच्च पार्षद अग्निधर चन्दको विशेष अतिथि रहनु भएको थियो।साधारणसभामा लोकगित प्रतियोगिता समेत राखि स्थानीय बाल प्रतिभालाई प्रोत्साहन गरिएको थियोे । लोकगित प्रतियोगितामा प्रथम, द्वितीय,तृतीय लाई पुरुस्कार प्रदान गरिएको थियो। सस्थाको स्थापना र एसको भुमिका, सस्थाले गरेका र गर्न नसकेका बिसयमा आजिवन सदस्य तथा कार्यसमिति सदस्य कमला पोख्रेलले मन्त्ब्य राख्नु भएको थियो।कार्यक्रममा समाजसेवि ज्ञमुराम न्यौपाने, युनाइटेड नेटवर्कका प्रतिनिधि निमा गिरि,सस्थाका सल्लाहकार जुमन सिंह के सि, वाडा न ४ पुजाका अध्यक्ष टुक ब के सि,ले शुभकामना मन्त्ब्य राख्नु भएको थियो। कार्यक्रममा सस्थाले समाजसेवी अवार्ड लालुराम जैसीलाई सम्मान गरेको छ।।साधारणसभाले मिना के सि को अध्यक्षतामा ११ सदस्य नया कार्यसमिती चयन गरेको छ। जसको उपाध्यक्ष जायसोर जैसी, सचीव उपेन्द्र न्यौपाने, कोषध्य्क्ष बलाराम न्यौपाने, सहसचीव एसोदा के सि सदस्यहरुमा कमला पोख्रेल,केशव ब के सि,राम ब के सि,तुल सिंह परिवार निर्वचित हुनु भएको छ भने २ सदस्य रिक्त रेहेको छ। कार्यक्रम को संचालन एशोदा के सि ले गर्नु भएको थियो भने अध्यक्षता सस्थाका अध्यक्ष लोकेन्द्र जि सि ले गर्नु भएको थियो।