एक घर एक धारा खानेपानी अभियानमा सफल हुँदै मुसिकोट नगरपालिका

माघ १० गुल्मी । मुसिकोट नगरपालिका वडा नं. ३ तोलादी गुल्मीमा आज एक समारोहका विच अमलडाँडा, खालधारा खानेपानी तथा सरसफाइ योजनाको उद्घाटन समारोह सम्पन्न भएको छ
लुम्बिनी प्रदेश र मुसिकोट नगरपालिका गुल्मीको साझेदारीमा करिब ७२ लाखको लागतमा उक्त योजना सम्पन्न भएको हो।
उक्त योजनाबाट मुसिकोट नगरपालिका वडा नं. ३ का कुल १५६ घरधुरी लाभांवित हुने छन ।
मुसिकोट नगरपालिका गुल्मीको एक घर एक धारा कार्यक्रम अन्तर्गत उक्त योजना सम्पन्न भए पछी लामो समय लगायर डोकोमा पानी बोकेर खाई रहेका उपभोक्ताहरुले खुशीको अनुभुती गरेका छन ।
मुसिकोट नगरपालि गुल्मी विगतका आर्थिक वर्षहरू देखी नै प्रत्येक घरधुरीमा खानेपानी पुर्याउने गरि काम संचालन भैरहेको छ।
उद्घाटन समारोहमा उक्त खानेपानी तथा सरसफाइ योजनालाई सफल गराउन सहयोग गर्नुहुने महानुभावहरुलाइ सम्मान गरिएको थियो।
कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, मुसिकोट नगरपालिका एक घर एक धारा कार्यक्रम संयोजक नारायण सापकोटा, पुर्वाधार विकास समिती संयोजक कर्ण बहादुर जि.सी., नेपाली काँग्रेसका नेता झबिन्द्र भण्डारी, वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण खत्री, वडा नं.४ का वडा अध्यक्ष ओम बहादुर के.सी., खानेपानी तथा सरसफाई शाखाकी प्रमुख सिता भुसाल,मुसिकोट नगरपालिकाका कानुनी सल्लाहकार अनन्तलाल भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले योजना सफलता पूर्वक सम्पन्न गरेकोमा समितीलाई वधाई व्यक्त गर्दै खानेपानी तथा सरसफाइ योजनाले भॏतिक विकास र सामाजिक विकासमा सहयोग पुर्याएको र खानेपानी योजनालाइ दिगो रुपमा संचालन गर्नुपर्ने वताउँदै गुल्मी जिल्ला पानीको स्रोतमा आत्मनिर्भर रहेको र यसको व्यवस्थापनमा हामिले ध्यान दिनुपर्ने बताउनु भयो ।
मुसिकोट नगरपालिका खानेपानी तथा सरसफाई शाखा प्रमुख सीता भुसालले यस खानेपानी तथा सरसफाइ योजना तोकिएको समयमा मापदण्ड अनुसार मितव्ययी तरिकाले सम्पन्न गरेकोमा समितीलाइ सुभकामना व्यक्त गर्दै योजनालाई आगामी दिनमा दिगो र सुरक्षित रुपमा संचालन गर्दै लैजान उपभोक्ताहरुलाई अनुरोध गर्नुभएको थियो । वडा नं. ३ मा यस आर्थिक वर्षमा १ घर१ धारा कार्यक्रम सम्पन्न हुने समेत उहाँले वताउनु भयो ।
मुसिकोट नगरपालिका वडा नं.३ का वडा अध्यक्ष कर्णध्वज जि. सी.ले वडाको यो योजना औपचारिक उदघाट्न हुने पहिलो खानेपानी योजना भएको वताउदै यस वडामा खानेपानी सहित अन्य विकासका धेरै योजनाहरु संचालनमा रहेको साथै निकट भविष्यमा नै एक घर एक धारा सम्पन्न वडाको रुपमा घोषण गर्ने गरि अगाडी बढेको बताउनु भयो।
खानेपानी तथा सरसफाइ योजनाको उद्घाटा समारोहको प्रमुख अतिथिको रुपमा मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाको उपस्थीती रहेको थियो ।
उहाँले आफ्नो वधाई तथा सुभकामना मन्तव्य ब्यक्त गर्दै मुसिकोट नगरपालिका भित्र खानेपानीको क्षेत्रमा आमूल परिबर्तन भएको दावी गर्नु भयो । कुवाबाट पाइप र सार्वजनिक धारा हुँदै घर भित्रैको धारामा पानी पुर्याएको बताउँदै हाल सम्म नगर भित्र १८ वटा खानेपानी योजना सम्पन्न भएको र १४ वटा खानेपानी योजना संचालनमा रहेको जानकारी गराउनु भयो ।
अब निकट भविष्यमै नगर भित्रका सबै नागरिकको घरमा एक घर एक धारा पुर्याउने बताउदै प्राबिधिक तालिम सहित खानेपानीको योजनामा काम गरिएको बताउनु भयो । चुनावमा प्रमुख नाराको रुपमा एक घर एक धाराको नीति अवलम्व गरिएको र हाल यो नारा विस्तारै पूरा हुँदै गएको उहाँले बताउनु भयो ।
कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष गणेशलाल भण्डारीको अध्यक्षता, वडा सदस्य गणेश कुँवरको स्वागत मन्तव्य र श्री तोलादी प्रा.वि. का प्रधानाध्यापक मधु मल्लको सञ्चालनमा सम्पन्न भएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार