प्रतिनिधि सभा विघटन विरुद्ध भुमिकास्थानका टाेल टाेलमा सभा

टेकराज भुसाल
राष्ट्रिय जनमाेर्चा भुमिकास्थान नगर समितिले संसद विघटनकाे बिरुद्धमा नगरव्यापी बिराेध कार्यक्रम जारी राखेकाे छ। जस अन्तर्गत आज भुमिकास्थान वाड नम्बर २ काे नाच्नेचाैर, वाड नम्बर ४ काे मदेनडाडा र वाड नम्बर ६ काे खिल्जीमा बिराेध कार्यक्रम सम्पन्न गरेकाे छ।

भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ काे नाच्नेचाैरमा भएको कार्यक्रमलाई राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य झविलाल थापा, अखिल नेपाल ट्रेड युनियन (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गाेबिन्द विसी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य कृष्ण केसी, जिल्ला अध्यक्ष जिवनारायण खनाल, राजमाे राष्ट्रिय परिषद सदस्य खड्क बहादुर थापा, राजमाे नगर सदस्य भाेजराज खनाल, प्रगतिशील पत्रकार संघका जिल्ला अध्यक्ष जितेन्द्र खत्रीले सम्बाेधन गर्नुभएको थियोे ।

कार्यक्रममा अखिल नेपाल युवक संघ भुमिकास्थान २ का अध्यक्ष माेहन भुसाल, अखिल नेपाल महिला संघकि मिना सुनार, अखिल (छैठौं)का नेता टेकराज भुसाल लगायतको आतिथ्यता रहेको थियाे।

कार्यक्रम ओमप्रकाश खनालको अध्यक्षता, नारायण खनालको सञ्चालन र वावुराम खनालको स्वागत मन्त्वय सम्पन्न भएको कार्यक्रममा नेकपाका दर्जनौं नेता कार्यक्रता राष्ट्रिय जनमाेर्चामा प्रवेश गरेका थियाे, नवप्रवेशिलाई राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य झविलाल थापाले सदस्यता प्रदान गर्नुभएको थियाे।

त्यस्तै भुमिकास्थान ४ काे मदेनडाडामा भएको कार्यक्रमलाई राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य यमलाल पोख्रेल, जिल्ला अध्यक्ष थम्मन केसी, जिल्ला सचिव वावुराम पन्थी लगायतले सम्बाेधन गर्नु भएको थियाे ।

कार्यक्रममा राजमाे अर्घाखाँचीका सदस्य मिना आले, समता समाजका जिल्ला उपाध्यक्ष कृष्णबहादुर सुनार, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कृष्णप्रसाद बन्जाडे, महिला संघकी कमला खत्री, कर्मचारी संघका भुपाल पुन, युएई नेपाली समाजका अजय केसी लगायतको आतिथ्यता रहेकाे थियाे।
कार्यक्रम दुर्गा भुसालको अध्यक्षता, हरि आलेकाे सञ्चालन र कमला खत्रीको स्वागत मन्त्वयमा सम्पन्न भएको थियाे।

त्यस्तै भुमिकास्थान- ६ काे खिल्जीमा भएको कार्यक्रमलाई अखिल नेपाल किसान महासंघ (अप्पा) का केन्द्रीय अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल महिला संघकी केन्द्रीय महासचिव सकुन्तला राना र राष्ट्रिय जनमाेर्चाका जिल्ला सदस्य कविराम खनालको विशेष उपस्थितिमा सम्पन्न भएको राष्ट्रिय जनमाेर्चाले जनाएको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार