समयमै काम सक्न प्राविधिकलाई निर्देशन

नेपाल सरकार तथा राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव सुरेश आचार्यले जनताका काम समयमै सम्पन्न गर्ने गरि लाग्न प्राविधिकहरुलाई निर्देशन दिनुभएको छ । असार मसान्तमा प्राधिकरणको समयावधि सकिने जानकारी गराउँदै सचिव आचार्यले कार्ययोजना बनाएर जनताको काममा लाग्न निर्देशन दिनुभएको हो ।
सन्धिखर्कमा संचालन भएको नीजि आवास सहित पुनर्निर्माणका चालु कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्बन्धमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले पुननिर्माणका काम सम्पन्न गर्न वडाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र सचिवको अहम भुमिका रहने हुदा समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो । नीजि आवास, विद्यालय भवन पुननिर्माणमा देखिएका समस्याहरु देखिने गरेपनि समस्याबाट पन्छिन नमिल्ने धारणा राख्नुभयो ।
पछिल्लो समय प्राविधिकहरु कार्यक्षेत्रमा नबस्ने जनगुनासो बढिरहेका बेला त्यस्ता कर्मचारीहरुको हाजिरी प्रमाणित नगर्न स्थानीय तहहरुलाई अनुरोध समेत गर्नुभयो । पहिलो किस्ता लिएका लाभग्राहीले दोस्रो र तेस्रो किस्ता लिनका लागि माघ मसान्तसम्म र २०७८ बैशाख मसान्तसम्म निवेदन दर्ता गर्नुु पर्ने उहाँले स्पष्ट पार्नुभयो । उहाँले पहिलो किस्ता बराबरको रकम लिएका तर नीजि आवास निर्माणको काम सुरु नगरेका लाभग्राहीहरुलाई सुचीबाट हटाउने बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले फिल्डमा खटिएका प्राविधिकहरुको समस्या समाधान गर्न आफु तयार रहेको बताउनुभयो । भुकम्पले गरिव तथा अतिविपन्न परिवारका भत्किएका नीजि आवास निर्माणमा प्राधिकरणले बढी चाँसो दिनुपर्ने सुझाव दिनुभयो । यस्तै शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले नीजि आवास निर्माणका काममा विभेद गरेको आरोप लगाउनुभयो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका आयोजना उपनिर्देशक गोपाल प्रसाद अर्यालले नीजि आवास पुनर्निर्माण सम्बन्धमा उठेका महत्वपुर्ण सवाल र नीतिगत सम्बोधन तथा हालसम्म संचालन भएका सम्पुर्ण कार्यप्रगतिका बारेमा विवरण प्रस्तुत गर्नुभएको थियो
नीजि आवास पुननिर्माणको प्रवलिकरण ६३.८ प्रतिशत र पुनर्निर्माण तर्फ ६९.६८ प्रतिशत जिल्लाको प्रगति भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई जिल्ला आयोजना प्रमुख सोहिन्दर यादवले अर्घाखाँची जिल्लाको हालसम्मको प्रगति विवरण, बाँकी कार्य सम्पन्न गर्न कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । यस्तै जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा प्रमुख बलराम मिश्रले विद्यालय भवन निर्माणमा भएको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य, छत्रदेव गाउँपालिकाका कार्यबाहाक अध्यक्ष तुल्सादेवि श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल, प्राधिकरणका उपसचिव पुष्पराज कटुवाल, पालिकाका प्रमुख प्रशासकिय अधिकृत, प्राविधिक, संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालको अध्यक्षता, बलराम मिश्रको स्वागत मन्तव्य र ठाकुर प्रसाद श्रेष्ठको संचालनमा सम्पन्न भएको

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार