संसार भर फैलिएको covid-19 को महामारीबाट सुरक्षीत हुने मार्ग लकडाउन हो । हिजो सम्म यो लकडाउन शव्द नसुन्नेहरुको संख्या पनि ठुलै थियो होला तर अजको दिन सम्म आइपुग्दा यो सबैको मुखमा झुन्डिएको छ । यसले समाजमा दुवै सकारात्मक र नकारात्मक प्रभाव पारेको छ , तर आझ म यसको सकारात्मक पक्षको केहि चर्चा गर्न चाहन्छु ।
सबैभन्दा पहिला त यो लकडाउनले म , हामी , र हामि जस्ता हजारौं लाखौंलाई covid बाट सुरक्षीत राखेको छ , सम्भवतः यदि lockdown नगरिएको भए covid बाट चोखो मानिस संसारमा सायदै कोहि भटिने थिए होला ।
त्यतिमात्र कहाँ हो र , हिजो सधैं मानिसको भिडले खचाखच भरिने मेरो घर अगाडिको बजारमा सुन्यता छाएको छ , अझ म यसलाई शान्ति भन्न रुचाउँछु ।
प्रत्येक दिन धुलोले हरियोबाट रङ्ग फेरेर सेतो हुने मेरा बगैंचाका पालुवाहरुले आफ्नो हरियो रङ्ग मै दिन रात गुजारिरहेका छन । हरेक दिन हजारौं संख्यामा गुडिरहने गाडीको आवाज सुन्दा सुन्दा दिक्क मानेका मेरा कानले केही भए पनि राहत पाएका छन त्यसैले मेरो दिनको सुरुवात चराचुरुङ्गीको सुमधुर संगीतबाट हुन थालेको छ।
भात खानको लागि घरका जहानलाई कुरिरहने मेरो घरको बिरालोले आज भोलि समयमै खान पाएर झन झन मोटाउँदै गएको छ । सबैले alarm प्रयोग गरेपछि आफ्नो अस्तित्व नै आमाप्त हुने पो हो कि भनेर चिन्तामा रहेका गाउँका खुखुरा भालेहरु खुशी देखिन्छ किनकी आज भोलि सबैले मोबाइलको alarm बन्द गरेका छन र भालेको डाँकोबाटै बिहानी भएको अनुभुती गर्न थालेका छन । लामो स्वास तान्दा “carbondioxide +धुवा+धुलो” नाक देखि फोक्सो सम्म पुग्ने अवस्था परिवर्तन भएकोछ , आज भोलि त म जब स्वास तान्छु तब स्वासमा ” oxygen +स्व्च्छ हावा+ पालुवा” को सुगन्धले शरिर नै आनन्दित तुल्याइदिन्छ ।
अफिसको कामले गर्दा आफ्ना छोरा छोरिसँग समय बिताउन नपाएकोमा निराश हुने बिरे काकाको अनुहारमा थोरै भएपनी उज्यालो पन थपिएको छ ।
हो सँच्चै नै यो lockdown परिवार बिचको प्रेमलाइ बुझ्ने , प्राकृतिको शुन्दरतालाइ महसुस गर्ने , जिवनभर नसिद्धिने दौड धुपबाट अलिकती भए पनि राहत महसुस गर्ने राम्रो अवसर बनेको छ ।
:त्यसैले यो समयको महत्त्व बुझौं , घरमै बसौं , स्वास्थ्य रहौँ ।।
दिवस राज पौडेल, कपिलवस्तु