संघियता र प्रदेशको खारेजी आम जनताको माग: सांसद जिसी

प्रदेशको वर्तमान बोझिलो संरचना सहित संघियताको खारेजी राष्ट्रिय जनमोर्चाको माग मात्र नभएर सम्पूर्ण नेपाली जनताको माग भैसकेको भन्दै राजमो प्रदेश सांसद तारा जिसीले प्रदेशको आफ्नै आयको कुनै श्रोत नभएको अवस्थामा एकातर्फ केन्द्रको अनुदान र अर्को तर्फ जनताको ढाडै सेकिने गरी चर्को कर लगाएर बनाइने बजेटको प्रदेश सभाले विना कामै ठूलो हिस्सामा “गुलछर्रा”उडाएको कटाक्ष गर्नुभयो।   
प्रदेश सभा र हामी माननीयहरु समाज चुस्ने जुका जस्तो भएको समेत सबत्र महसुस भएको बताउनुभयो।
प्रदेश सभा स्थापनाको तीन बर्षको अवसरमा “संघियता कार्यान्वयनमा प्रदेश सभा” समिक्षात्मक अन्तरक्रिया कार्यक्रममा बोल्दै राजमो नेतृ जिसीले प्रदेश सभाले बनाउनु पर्ने ११६ कानुन मध्ये ६५ वटा पास गरे पनि ५९ वटा मात्र प्रमाणीकरण भएको बताउदै अति आवश्यक र महत्वपुर्ण महिला,जनजाती,दलित जस्ता विधेयकले अझै सम्म पनि प्रवेश नपाउनु आश्चर्यजनक रहेको भन्नुभयो।
प्रदेश भरका गुणस्तरहिन,लावारिस विकास योजनाहरुमा सरकार र विभागीय कर्मचारीहरुको मिलिमतोमा भ्रष्टाचार मौलाएको भन्दै प्रदेश बाट हुने अनुगमन नाम मात्रको र फितलो प्रवृतीको रहेको औल्याउदै प्रोत्साहनको लागी भनेर दिइने अनुदान वास्तविक अनुग्राही सम्म नै नपुगेको,सन्तुलित विकास नीति भनिए पनि कागजमा सिमित रहेको र प्रदेशको स्थाइ राजधानी र नामाकरणको प्रश्नमा पनि बिषयले प्रबेश पाउदैका दिन मैले पार्टीको धारणा राख्दै बिशेष समितिको आवश्यकता नभएको,समय र रकमको दूरुपयोग मात्र हुने भनी दुइ तिहाइ बहुतको सरकारले सदन बाटै निर्णय गर्ने अधिकार भएको विषय उठाए पनि ध्यान दिइएन। आखिर उक्त बिषय सदन बाटै विवाद सहित टुङ्ग्याउनै प–यो।
यसरी समग्रमा बताउनू पर्दा प्रदेशको आज सम्मको समिक्षा “मूरी लगानी गरेर मानो उपलब्धि”भएको निष्कर्ष निकाल्न सकिन्छ।
आगामी दिशा बोधको सन्दर्भमा संघियता अन्तर्गतको यही तामझाम सहितको बर्तमान बोझिलो प्रदेश संरचना रहे देशको सार्वभौमिकता र अखण्डता समेतमा खतरा पुग्ने निश्चित छ।मुख्यत आर्थिक रुपले देशले संघियता धान्न सक्दैन,आम जनतामा पनि विनाकामको यो संरचना प्रति वितिष्णा पैदा हुदै गएकोछ र हामी घृणाका पात्र बनेको बताउदै समय छदै सोचौ र जती सक्दो छिटो संघियता खारेज गरौ भन्नुभयो । संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम मा सभामुख पूर्ण बहादुर घर्ती र उप सभामुख कृष्णि थारुले पनि विचार राख्नुभएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार