राजमोको आयोजनामा भुमेकाथानमा श्रद्धाञ्जली सभा सम्पन्न

टेकराज भुसाल
राष्ट्रिय जनमोर्चाको आयोजनामा अर्घाखाँची भुमिकास्थान-२ को भुमेकाथानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

ढाकावाङ्ग भुमेकाथान निवासी फर्सुराम खनाल, बालानन्द खनाल, प्रेम नारायण खनाल र दामोदर खनालका बुवा राष्ट्रिय जनमाेर्चाका सदस्य निमानन्द खनालको १० औ दिनको पुण्य तिथिको अबसरमा आज भुमिकास्थान नगरपालिका-२ भुमेकाथानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

श्रद्धाञ्जली सभामा मन्तब्य राख्दै राष्ट्रिय जनमाेर्चाका पुर्व केन्द्रीय सदस्य सागर केसीले निमानन्द खनालको निधनले पाटीलाइ अतुलनीय क्षती पुगेको बताउनु भयो ।

कार्यक्रममा राजमाे केन्द्रीय सदस्य झविलाल थापा, राष्ट्रिय परिषद् सदस्य खड्का बहादुर थापा, राजमाे भुमिकास्थान नगर समिति सदस्य वाबुराम खनाल, अखिल नेपाल किसान महासंघ (अप्पा)का डिलाराम भट्टराई, भुमिकास्थान २ का वडा अध्यक्ष बुद्धि बहादुर थापा, वडा सदस्य तेजिराम भुसाल, ओेम प्रकाश खनाल, अखिल नेपाल युवक संघ भुमिकास्थान २का अध्यक्ष माेहन भुसाल,राजमाे नेताहरु डिल्ली वेल्वासे, नारायण केसी लगायतले श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
कार्यक्रम प्रेम नारायण खनालको अध्यक्षता र टेकराज भुसालको सञ्चालनमा सम्पन्न भएको हो।

खनालको माघ १२ गते ९५ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार