बैतडीकी भागरथीलाई न्याय दिलाउन राजमोको माग

माघ २३ बैतडी। राष्ट्रिय जनमोर्चाले बैतडीमा शंकास्पद मृत्यु भएकी किशोरी भागरथी भट्टको मृत्युबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ । राजमो केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज नन्दराज भट्टले शुक्रबार विज्ञप्ति प्रकाशित गरी घटनाको छानबिन गरी पीडितलाई न्याय दिलाउन माग गर्नुभएको हो ।

दोगडाकेदार गाउँपालिका–७ सिर्कोटस्थित सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययरत १७ वर्षीया भट्ट बिहीवार साँझ स्थानीय लबलेक सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रहरीले शव बीच जंगलमा भेटिएको, शरीरभरि नीलडाम र घाउ रहेको तथा कपडा पनि च्यातिएको भन्दै घटना शंकास्पद रहेको जनाएको छ ।

भट्टको लागि न्यायको माग गर्दै शुक्रवार बैतडी, महेन्द्रनगरलगायतका स्थानमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

पीडित पक्ष, स्थानीय र विद्यार्थी संगनठनले किशोरीको बलात्कार पछि हत्या भएको भन्दै घटनाको सत्य, तथ्य छानविन गरेर अपराधीलाई कानूनी दायरा ल्याउनु पर्ने माग गरेका छन्।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार