आगामी फागन १ गते बुटवल र ८ गते विराटनगरमा आमसभा गर्ने नेकपा वली समुहको तयारी

माघ २३ काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहले आगामी फागुनको पहिलो साता बुटवल र विराटनगरमा आमसभा गर्ने भएको छ ।

शुक्रबार राजधानीमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले भने,‘आगामी फागन १ गते बुटवल र ८ गते विराटनगरमा आमसभा गर्ने जानकारी दिएका हुन ।

आलोचक मित्रलाई मन थामेर बस्नुस । हेदै जानुस नेपाल कता जान्छ । ‘शाकाहारी आन्दोलन गर्दिन भनेर हिंसात्मक आन्दोलनका विरुद्ध जानेहरुलाई हामी आमसभा कस्तो हुन्छ भनेर देखाइदिन्छौं, ओलीले भने। हाम्रा पार्टीका कार्यकताहरु कुनै प्रकारको अलमलमा नपरी चाटुकारहरुको पछाडि नलागी सजगताका साथ पार्टीको अभियानमा अघि बढ्न समेत आग्रह गरे ।

आमसभाले ट्राफिकमा समस्या, मोटर चलाउन, काठमाडौं अस्तव्यस्त भएकोमा क्षमा माग्दै ओलीले, ‘हामी सडकमा नआउँदा उताकाले(प्रचण्ड–माधव) दुई चार हजार जम्मा गरेर लर्कार्ने काम भयो । त्यसकारण सडकमा आउनु परेको ओलीले आफ्नो बाध्यता समेत सुनाए ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार