
टेकराज भुसाल,
माघ २६ सुपादेउराली अनलाइन बुटवल। राष्ट्रिय जनमोर्चा जिल्ला समिति रुपन्देहीकाे एक महिने संगठनात्मक अभियान अन्तर्गत १३ नम्वर वाडकाे वडा भेला साेमवार बेल्वासमा सम्पन्न भएको छ।
भेलाले गाेपाल बन्जाडेकाे अध्यक्षतामा १३ सदस्यीय राष्ट्रिय जनमाेर्चा बुटवल उपमहानगरपालिका वाड नम्बर १३ काे वाड समिति गठन गरेकाे छ, जसकाे उपाध्यक्षमा माया खनाल, सचिवमा माधव भुसाल, स-सचिवमा दामाेदर बन्जाडे, काेषाध्यक्षमा फर्सुराम बन्जाडे र सदस्यहरुमा क्रमश झविलाल खनाल, गिता बन्जाडे, तारा घिमिरे, राम प्रसाद खनाल, प्रेम वेल्वासे, नारायण भुसाल, सीता पुन र पवित्रा बन्जाडे र सल्लाहकारहरुमा डिला रेग्मि, राजु पाैडेल, गाेबिन्द खनाल र अर्जुन गह्तराजलाई चयन गरेको छ।
त्यस्तै साेहि भेलाले नारायण बन्जाडे संयाेजक र
हरि घिमिरे, शान्ता खनाल, कमला बन्जाडे, सरिता जिसी, सरस्वती गैरे, गाेमा भुसाल, बन्दना गैरे, मिना गैरे सदस्य रहेको वेल्बाँस टाेल समिति र दामाेदर बन्जाडेकाे संयाेजक र शान्ता गैरे, शकुन्तला बन्जाडे, प्रेम वेल्वासे र रामु सुनार सदस्य रहेकाे जितगढि टाेल समिति गठन गरेको छ।
भेलालाई राष्ट्रिय जनमाेर्चाका केन्दिय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा जिसी, राजमाे रुपन्देही जिल्ला सचिव टान बहादुर केसी, कम्युनिस्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल बुद्धिजीवी संघका राष्ट्रिय परिषद सदस्य दुर्गानाथ खरेल, उद्योग व्यापार संघका केन्द्रीय अध्यक्ष ढुण्डिराज शर्मा, नेकपा (मसाल)का प्रवक्ता नारायण जिसी लगायतले सम्बाेधन गर्नुभएको थियाे।
भेलामा अखिल नेपाल महिला संघ रुपन्देहीकि सदस्य माया खनाल, अखिल (छैठौं) जिल्ला सचिव सागर वेलवासे र प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देही शाखाका सदस्य टेकराज भुसाल लगायतको आथित्यता रहेको थियाे।
भेला राजमाे बुटवल उपमहानगरपालिका वाड नम्बर १३ का अध्यक्ष डिला रेग्मीको अध्यक्षता, उमलाल बन्जाडेकाे सञ्चालन र गाेपाल बन्जाडेकाे स्वागत मन्त्वयमा सम्पन्न भएको थियाे।
त्यस्तै बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारी र हत्यारालाई कारबाहीकाे माग गर्दै राष्ट्रिय जनमोर्चा रुपन्देहीले बुटवलको वेल्वासमा विरोध सभा सम्पन्न गरेको छ ।
सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा जिसीले तत्काल हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्नुभयो । उहाँले शान्तिपूर्ण प्रदर्शनका क्रममा आइतबार काठमाडौंमा विद्यार्थी नेताहरुलाई गिरफ्तारी गरिएको भन्दै आपत्ति पनि प्रकट गर्नुभयो ।
कार्यक्रमलाई नेकपा (मसाल) रुपन्देही प्रवक्ता नारायण जिसी र राजमाे रुपन्देही सचिव टान बहादुर केसीले पनि सम्बोधन गर्नुभएको थियो ।
प्रदर्शनमा निर्मला पन्त र भागिरथि भट्ट का बलत्कारि र हत्यारालाई कार्बाहि गर, सम्पुर्ण बालिकाहरुको सुरक्षा गर,सरकारी उदासिनता मुर्दावाद जस्ता नारा सहित बेल्वासकाे शिवालय चाेक देखि बेल्वास चाेक सम्म र्याली लगाइएको थियाे।