हराइरहेको सरकार: दिवस राज पौडेल

यो देशको सरकार हराइरहेको थुप्रै वर्ष भैसकेको छ , आज सम्म भेटिएको छैन । सरकारलाई खोज्ने क्रममा हामी विभिन्न ठाउँमा पुग्यौं , कहिले गरिब बस्तिमा पुग्यौं , कहिले बाढी पीडितको घरमा , कहिले भुकम्प पीडितको घरमा पुग्यौं , तर अहँ कतै भेटिएन हाम्रो देशको सरकार ।

नाङ्गो आङ र भोको पेटले समेत भेटाउन नसकेको सरकारलाई कस्ले भेटाएको होला र ? हुन सक्छ कहिले मान्यहरुको घरमा , कहिले धनाड्यहरुको घरमा पुगेको होला तर कहिल्यै भेटिएन हाम्रा यी झुपडीहरुमा , निराशाका सहरहरूमा , विवस्था र बाध्यताका चौतारीहरुमा ,
लकडाउनको बेला आफ्नै भुमिमा फर्कन नपाएर तड्पिरहेका मजदुरहरुको भिडमा पुग्न सकेन , छट्पटाइ रहेको बिरामिले उपचार नपाएर मोर्नु पर्यो त्यो अवस्थामा सिंह दरबार कै चौ घेरा भित्र हराइ रयो सरकार , रेमिटेन्सबाट देश बचाइरहेका प्रदेशी दाजुभाइहरुको वेहाल स्थितिलाई निहाल्न सकेन सरकार , काठमाडौ देखी सयौं कि.मि को यात्रा तय गर्न हिडेकाहरुको भोको पेटमा चिउरा सम्म पुर्याउन पुगेन सरकार । अँ साच्चै बिचमा १-२ पटक भेटिएको थियो जब स्वास्थ्य सामाग्री खरिद गर्दा कमिसनको खेल रच्ने बेलामा देखियो तर त्यही सरकार किसानले उत्पादन गरेका तरकारी दिनहुुँ नष्ट हुँदा नामो निसान देखाएन। देश सङ्कटमा परेको बेला अध्यादेश ल्याएर आफ्नो रबाफ देखाउन खोज्ने सरकारले जनताका हजारौं हजार समस्य हल गर्न खोजेन ।

यसरी जहाँ पुग्नु पर्ने हो त्यहीँ ठाउँमा फर्केर नहेर्ने सरकारलाइ हराएको भन्नू अनुचित होला जस्तो लाग्दैन । कुनै पनि देशको सरकार आफ्ना जनता प्रती कत्तिको उत्तरदायी छ परिक्षण गर्ने संकटको बेला हो त्यसैले हामी सबैले हाम्रा जन प्रतिनिधिहरुको हामी प्रतीको व्यवहार र झुकाबलाइ माध्यनजर गरि सहि र गलत छुट्याउन सक्नुपर्छ । यसरी अधिकाम्स क्षेत्रमा मुकदर्शक बनेको सरकार हराएको हो या होइन तपाइँ आफै निर्धारण गर्नुहोस ।

दिवस राज पौडेल, कपिलवस्तु

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार