निमोठिएका कोपिलाहरु

रितु केसी
आँखामा सुन्दर भविष्यको कल्पना
काँधमा पारिवारिक जिम्मेवारी
चन्चल निश्छल बालापन
कोपिला लाग्दैको यौवन
तर
क्रुर राक्षसको नजर
त्यो दानवियता
कति लडि हौली
कति चिच्याए हौली
कति गुहार मागे हौली
आफ्नो अस्मिता जोगाउन
आफ्नो प्राण बचाउन
न त्यो जंगलले सुन्यो
न त्यो उखु बारीले सुन्यो
न त्यो मन्दिरको देवताले सुन्यो
अहँ कहीँ कतै कसैले सुनेन तिम्रो चित्कार

तिमिलाई लुछेर मात्र नपुगेर
तिमिलाई चिथोरेर मात्र नपुगेर
तिमिलाई भोगेर मात्र नपुगेर
फेरि कहिल्यै नफूल्ने गरी चुँडाइ छोड्यो

तिमि जस्ता हजारौँ कोपिला
न फुल्दै चोइटाइएका छन्
‘आमा भन्न न पाई
प्राण पखेरु उडाइएका छन्
आफ्नो अस्मिता जोगाउन
ल्दा लड्दै निमोठिएका छन्

कानुन अन्धो हो की
पालकहरु अन्धा हुन् खै कुन्नी ?
अपराधीलाई सजायको अपिल गर्दा नै
सजाय हुन्छ यहाँ
सारा राज्यसंयन्त्र नै लागे जसरी
नाटक मन्चन हून्छ यहाँ, न्याय दिलाउन
तर, अपराधी कुन दुलोमा मस्त हुन्छ
सक्दैनन् कठघरामा उभ्याउन

मेरी चेली, तिम्री चेली,
हामी सबैकी चेली बचाउन
हजारौँ कोपिलाहरु
न फुल्दै निमोठीने नियती बदल्न
यो समाज अनि गुज्रेको मानासिकतामा चेतना ल्याउन
अब त ब्युँतने हो की ?
न फुल्दै निमोठीने कोपिलाहरु को रक्षा गर्न ।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार