भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अखिल (छैठौं)द्धारा बुटवलमा प्रदर्शन (भिडियो सहित)

माघ २८ बुटवल ।  बैतडीको दोगडाकेदार–७ की १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियु (छैठौं)ले आज पनि बुटवलमा प्रदर्शन गरेको छ ।

बुटवल कालिकानगर स्थित कालिका मानवज्ञान विद्यालयबाट सुरु भएको बिरोध जुलुस राजमार्ग चौराहा हुँदै मिलनचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । 

प्रदर्शनपछि आयोजित कोण सभामा बोल्दै अखिल (छैठौं) रुपन्देही अध्यक्ष सरोज मान सिंह,सचिब सागर वेलवासे र जिल्ला सदस्य टेकराज भुसाल लगायतले भागरथी भट्टको बलत्कार पछि भएको हत्यामा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे ।

निर्मला पन्त लगायत बलत्कार र हत्याका घटनाका अभियुक्तलाई कारबाहीको दायरामा नल्याउदा बलत्कार र हत्याका घटना बढेको भन्दै उनिहरुले अपराधीहरुलाई कानूनी दायरामा ल्याउने कार्यमा सरकार उदासीन देखिनु आपत्तिजनक रहेको बताए । 

बलात्कारी र हत्यारालाई कारबाहीको दायरामा नल्याउने षडयन्त्र हुनसक्ने भन्दै तत्काल दोषि पत्ता लगाई कारबाही गर्न माग गरे ।

भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अखिल (छैठौं)ले राजधानी काठमाण्डौको माइतिघर मण्डलामा गरेको प्रदर्शनमा संगठनका केन्द्रीय अध्यक्ष,सचिव लगायतका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै उनिहरुले अपराधीलाई कारबाहीको माग गर्दा प्रहर्री प्रशासनले धरपकड गर्नु थप आपत्तिजनक भएको बताए ।

प्रदर्शनमा निर्मला पन्त र भागिरथि भट्ट का बलत्कारि र हत्यारालाई कार्बाहि गर, सम्पुर्ण बालिकाहरुको सुरक्षा गर,सरकारी उदासिनता मुर्दावाद जस्ता नारा लगाएका थिए ।

भिडियो:-

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार