लुम्बिनी वाणिज्य क्याम्पसमा त्रिभुवन विश्व बिद्यालयका कार्यक्रमहरु बन्द नगर्न अखिल (छैठौं) को माग

बुटवल ।
लुम्बिनी वाणिज्य क्याम्पसमा स्वायत्तताका नाममा २५ बर्षदेखि सञ्चालन हुदै आएका bbs तथा mbs जस्ता त्रिभुवन विश्व बिद्यालयका कार्यक्रमहरु बन्द गराउन लागेको र ती कार्यक्रमहरु बन्द गराउन नहुने भन्दै अखिल (छैठौं) लुम्बिनी वाणिज्य क्याम्पस इकाई समितिले बुधबार क्याम्पस प्रमुख डा• तारा प्रसाद उपाध्याय लाई ज्ञापनपत्र बुझाएको छ।

क्याम्पसका स्वायत्तताका कार्यक्रमले गर्दा आर्थिक रुपले विपन्न बिद्यार्थीहरु शिक्षाको पहुँचबाट टाढा हुने अवस्था सिर्जना हुने भन्दै तत्काल स्वायत्तता कार्यक्रम बन्द गरि बिगत देखि सञ्चालन हुदै आएका कार्यक्रमहरु सञ्चालन गर्न माग गरेको छ।

साथै क्याम्पस प्रशासनले विश्व बिद्यालयकाे अवधारणालाई प्रादेशिक बिश्व विद्यालय वा अन्य कुनै विकल्पको ठाेस कार्ययाेजना सहित स्रोत साधनको सुनिश्चितता गरेर अगाडि बढ्न समेत अखिल (छैठौं) ले अनुरोध गरेको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार