ढाकावाङ्गको भुमेकाथानमा रहेको भुमे मन्दिरलाई विभिन्न दाताहरूले सहयोग गरेपछि मन्दिरको रुप नै बदलियो

टेकराज भुसाल
सुपादेउराली अनलाइन अर्घाखाँची । अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका २ नम्बर वडा (साविक ढाकावाङ्ग-७) भुमेकाथानमा अवस्थित भुमे मन्दिरलाई विभिन्न सहयोग दाताहरूले सहयोग प्रदान गरे सँगै मन्दिरको रुप नै बदलिएको छ। 

मन्दिरमा फ्रि वाई-फाई सहित भजन कृतनका लागि साउन्ड बक्स, रातको समयमा बत्ती, सितल छहारीमा बस्नको लागि पक्कि सिढीकाे व्यवस्था छ।

मन्दिर व्यवस्थापनकाे लागि राजु भुसालले लाइट, भेषराज खनालले मार्सिक बिद्धुत महसुल, दिपक खनालले मन्दिर प्रवेश गेट, प्रकाश खनालले नि:शुल्क वाई-फाई, रविलाल पौडेलले नगद रु १०५०० र ठग बहादुर खत्रीले नगद रु ५१०५ सहयोग प्रदान गरेको भुमे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिरु भट्टराईले जानकारी दिए। 

भुमे मन्दिरको नाम बाट भुमिकास्थान नगरपालिकाकाे नामकरण गरिएको हाे। मन्दिरमा प्रत्येक बर्षकाे जेठे पुर्णिामामा ऐतिहासिक मेला लाग्ने गरेकाे र त्यहाँका स्थानीयले जेठे पुर्णिामालाई भुमे पुर्णिामा भन्ने गरेकाे स्थानीय युवा राजु भुसालले बताए । 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार