प्युठानमा अपाङ्गता भएका ब्यक्तिहरुको लागि सि. बि. आर. कार्यक्रम संचालन

फागुन ७ सुपादेउराली अनलाइन प्युठान । प्युठान जिल्लामा अपाङ्गता भएका ब्यक्तिहरुको लागी( सि. बि.आर.) समुदायमा अधारित पुनःस्थापना कार्यक्रम संचालन गरिने भएको छ।

उक्त कार्यक्रम अन्तरगत एक स्थानीय तह छनोट गर्दै अन्य स्थानमा समेत बिस्तार गर्ने कार्यविधि अनुसार आज मल्लरानी गाउँपालिकामा सि.बि.आर. कार्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानले जनाएको छ।
अपाङ्गता भएका ब्यक्तिलाई घर तथा समुदायमै पुनःस्थापना गर्ने मुख्य उदेश्यका साथ कार्यक्रम गरिएको हो। अपाङ्गता भएका ब्यक्तिको शिक्षा, स्वास्थ्य,सहभागीता,सीप तथा तालिम, सशक्तीकरण, आयार्जन, सबलिकरण र स्वाबलम्बी गराई राज्यको मुलप्रवाहमा ल्याउनको लागि सि.बि.आर. कार्यक्रम महत्त्वपूर्ण रहेको राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका अध्यक्ष जुमान सिंह के सि ले बताउनु भयो।
सि. बि. आर. कार्यक्रम सरकारको नै भएकोले सोहि अनुसार स्थानीय तह अगाडी बढ्नुपर्ने के. सि. को भनाइ रहेको थियो।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता जि. सि. ले सि. बि. आर.कार्यक्रमले अपाङ्गता भएका ब्यक्तिको चौतर्फी विकासको निम्ति महत्त्वपूर्ण भुमिका रहने भन्दै गाउँपालिकाको साथ र सहयोग हुने बताउनु भयो उहाले भन्नू भयो यो कार्यक्रम नंया तरिकाले आयो हामी खुसी छौँ” अपाङ्गताको हित र बिकासको लागि प्राथमिकता तोकि आगामी दिनमा कार्य संचालन गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। साथै गाउँपालिकामा स्थानीय तह सि.बि.आर. समन्वय तथा ब्यबस्थापन समिती गठन गरिएको छ।गाउँपालिका उपाध्यक्ष सरिता जि. सि.को सायोजकत्तोमा ९ सदस्य समिति गठन गरिएको हो।कार्यक्रममा गाउपालिका शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, बिधालय, अपाङ्गता भएका ब्यक्ति लगाएतको सहभागीतामा रहेको थियो। एस वर्ष सि. बि. आर. कार्यक्रम संचालनका मुख्य कृयाकलापहरुको बारेमा समेत छलफल गरिएको सि. बि. आर. समन्वयकर्ता राजेन्द्र राउतले बताउनु भयो। सामाजिक बिकास डिभिजन कार्यालय प्युठानको सहयोग तथा र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको आयोजनामा कार्यक्रम गरिएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार