देशमा मौलाउँदै गएको भ्रष्टाचार: सुरेश आचार्य

आजभोली सञ्चारमाध्यममा भ्रष्टाचारको सवालले प्रमुख स्थान पाउन थालेको छ । नुनदेखि सुनसम्म र नीति निर्माता देखि नीति कार्यान्वयनका तहसम्म भ्रष्टाचार हुनेगरेको तथ्य देखिन थालेको छ । उच्च पदस्थ कर्मचारी तथा नेताहरुबाटै नीतिगतरुपमै भ्रष्टाचार गर्ने गराउने परम्परा व्याप्त देखिन्छ । भ्रष्टाचार निवारण गर्नकालागि निर्माण भएका कानुन र सोही बमोजिम भ्रष्टाचारका मुद्दामा अनुसन्धान गर्ने संरचनाले भ्रष्टाचारीउपर अनुसन्धान र अनुसन्धानका आधारमा कारबाही प्रक्रिया प्रारभ्म गरेको जस्तो देखिए पनि सो कार्यले अपेक्षाकृत सफलता प्राप्त गरेको पाईदैन । यो तथ्यले कानुन निर्माण र कारबाहीले मात्र भ्रष्टाचार निवारण हुन नसक्ने तथ्यतर्फ संकेत गर्दछ । यस्को अर्थ भ्रष्टलाई उन्मुक्ती दिनु पर्दछ भन्ने होइन । बिश्वमै पुर्ण भ्रष्टाचाररहित राज्य पाउन प्राय असम्भव रहेको तथ्यलाई समेत नजरअन्दाज गर्न भने मिल्दैन ।

सार्वजनिक ओहोदामा रहने लगभग सबैले गर्ने तर गरेको छु भन्न नचाहने कर्म हो भ्रष्टाचार। व्यक्तिगत फाइदाको निमित्त सार्वजनिक हैसियतको दुरूपयोग गर्नु नै भ्रष्टाचार हो।
देशको विभिन्न उच्च पद मा आसिन नेता तथा कर्मचारी ले व्यक्तिगत स्वार्थ र अथक सम्पत्ति आर्जन गर्ने लोभ ले हरेक क्षेत्रमा भ्रष्ट व्यवहार देखाई रहेका छन् भ्रष्टाचार केन्द्र , प्रदेश, स्थानिय तह सबै  मा व्यापक छ विकास क्षेत्र मा व्यापक भ्रष्टाचार ले विकास का क्षेत्रलाई प्रत्येक वर्ष पछाडि धकेली रहेको छ । भ्रष्टाचार केन्द्र मा ठूला ठूला योजना , परियोजना मा त छँदैछ प्रदेश र स्थानीय तहमा पनि पहिले देखिनै जरो गाडेर बसेको छ । सडक निर्माण कार्यमा, खानेपानी, सिचाई परियोजना , पुल निर्माण, विधालय भबन निर्माण , शिक्षा र स्वास्थ्य  क्षेत्रमा , सामाग्री खरिद बिक्रि मा  लगाएत हरेक  क्षेत्रमा भ्रष्टाचार ले टुप्पो नागेको छ , सरकारि उच्च पद मा रहेका   नेता मन्त्री कर्मचारी को मिलिमतो मा सरकारि जग्गा हरूलाई निजी बनाउने दुष्प्रयास भईरहेको सञ्चार माध्यमको तर्फबाट सार्वजनिक हुदै गरेका छन्।  राज्य ले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने वृद्ध/ वृद्धा मरेको एक बर्ष सम्म पनि सचिव ले बिल भरपाई मिलाई मृतकको नामको भत्ता खाएको कुरा मिडियाहरु मार्फत सार्वजनिक हुने गर्थे ।

देशमा विपत पर्दा पनि ति भ्रष्ट हरूले भ्रष्टाचार गर्न पछि परेनन् , सन्दर्भ भुकम्प वास्तवममै ठूलो विपत्ति बनेर आएको थियो र कसैलाई पनि छोडेको थिएन यधपि त्यस्तो अवस्थामा केहिलाई लुटको स्वर्ग बन्यो बास्तविक पिढितले राहत पाएनन् कसैले त्रिपाल लगाएत का सामाग्री अनियमितता गरे , कसैले भुकम्प ले घर भत्कायो भनि झुटा कागज बनाई राहत कुम्लाए , अहिले कोरोना भइरस ले विश्वभरि महामारीको रूप लिईरहेको बेलामा  नेपाल मा पनि हाम्रो जनजिवन लाई पनि नछोडेको बेला मा स्वास्थ्य सामाग्री खरिद मा ठूलो भ्रष्टाचार भएको कुरा मिडियाहरु मार्फत सार्वजनिक भएको छ । तर सरकारले त्यस बारेमा छानविन गरेको पाइएको छैन । नजर अन्दाज गरि बसेको छ।
निजी स्वार्थ र हितमा राज्य शक्तिको दुरूपयोग गराउने गम्भीर अपराध हो।भ्रष्टाचार समाजको रोग हो। सरकारी संयन्त्रको धमिरा हो। सभ्य समाजको लागि प्रदूषण हो। यसले व्यक्तिको स्वभाव र शैलीलाई नकारात्मक बनाउँछ।
व्यक्तिलाई व्यक्तिवादी बनाउँछ। व्यक्तिको अनुशासन र मर्यादामा स्खलन ल्याउँछ। समाजमा अस्वस्थ प्रतिस्पर्धा र कुसंस्कारलाई बढवा दिन्छ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले नेपालमा भ्रष्टाचारको प्रमुख र दीर्घकालीन समस्याग्रस्त क्षेत्रहरू पनि औंल्याइदिएको छ। जसले राजनीतिक भ्रष्ट्राचारलाई प्रमुख समस्याका रूपमा प्रस्तुत गर्दै सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचार, सार्वजनिक पद र अधिकारको दुरूपयोग, व्यापार व्यवसायमा घूस र अनुगमन तथा कारबाहीमा फितलोपना जस्ता भ्रष्टाचार हुने क्षेत्र पहिचान गरेको छ।
भ्रष्टाचार समकालिन बिश्वकै प्रमुख समस्या हो । यो समस्या समाधानका लागि कानुनी प्रयत्नमात्र प्रयाप्त हुदैन । भ्रष्टसंग आचरणसमेत जोडिएर भ्रष्टाचार बनेको छ र समाजको आचारणकै पृष्ठभुमिमा यस्को समाधान खोजिनु पर्दछ भन्ने हो । आचारण भन्नासाथ ब्यक्तिको बानी बेहोरा, आनीबानी वा चरित्र र नैतीकताका आधारमा हेरिने मानिसको ब्यबहार, शिलस्वाभाव, अनुशासन र कर्तब्यलाई बुझाउँछ । त्यसैले आचरण निर्माणमा परिवार, समाज, चिन्तन, ब्यवहार, समकालिन परिस्थीति, धर्म, सस्कृति र परम्परा समेतले महत्व राख्दछ । सामाजिकिकरणको प्रकृयाले ब्यक्तिका सोचाई र चिन्तन लाई प्रभाव पार्ने हुँदा यो समस्याको निराकरण समेत यही पृष्ठभुमिमा खोजिनु  पर्दछ । नेपाली समाजमा भ्रष्टाचार सस्कृति भएकाले यो सस्कृति परिवर्तन आजको आवश्यकता हो । सास्कृतिकरुपमै अनुमोदन भैसकेको परम्पराको समाधान समेत त्यहि पृष्ठभुमिमा खोजिनु पर्दछ ।
देशको अर्बुद रोग बनेको भ्रष्टाचार दिन प्रतिदिन बढ्दो छ। यसलाई अविलम्ब नियन्त्रण गर्नुपर्छ,  यसले देश बर्बाद पार्‍यो भन्ने कुरा पनि प्राय: सबैको मुखबाट सुनिन्छ। त्यसो भए भ्रष्टाचार गर्ने बाध्यता कसरी पर्छ ? के कुराले भ्रष्टाचार गर्न प्रोत्साहित गर्छ ? र के उपाय गरिँदा नागरिकले अनुभूति हुने गरी भ्रष्टाचार नियन्त्रण होला त ?
लोभ र व्यक्तिगत स्वार्थले हामीलाई एकोहोरो बनाएको छ। यहाँ दायाँबायाँ, अधिकार–कर्तव्य, आफ्नो र पराया छुट्याउने विवेकले स्थान गुमाउँदै गएको छ। व्यक्ति केन्द्रित लोभ र स्वार्थले मानिसलाई सामूहिक हित र निष्ठाबाट टाढा पुर्याएको छ। लोभ र व्यक्तिगत स्वार्थ हाबी भएको अवस्थामा सत्य र नैतिकताले स्थान गुमाउँदै गएको छ। त्यसैले पनि होला भ्रष्टाचार मौलाउने उर्वर भूमि बनेको छ
नेपालमा भ्रष्टाचार मौलाएको अवस्थामा  पदको दुरुपयोग गर्नेमाथि कारबाही कम हुनु, नियन्त्रण प्रभावकारी नहुनु, अनुसन्धान गर्ने निकायले नै गरेको भ्रष्टाचार हेर्ने निकाय नहुनु, सुशासनको मुद्दा प्राथकितामा नपर्नु, कानुन कार्यान्वयन नहुनु, सदाचार स्खलीत हुदैजानु, न्यून पारिश्रमिक हुनु र राजनैतिक ईच्छाशक्तिको अभावलाई मान्न सकिन्छ ।
नेपाली समाजको परम्परा बमोजिम आफ्नो लागि नभइ सन्तान सुरक्षाका लागि आर्जनगर्ने प्रबृतिले भ्रष्टाचार मौलाएकोतर्फ ध्यानजान आवश्यक छ । शिक्षा, स्वास्थ्य, रोजगारजस्ता आधारभुत बिषयमा राज्यले प्रभावकारी हस्तष्क्षेप गरी सामाजिक न्यायका आधारमा बितरण प्रणाली ब्यवस्थापन गर्नसके भ्रष्टाचार न्युनीकरण हुने प्रायः निश्चिित छ ।  ट्रान्सपरेन्सीको प्रतिबेदनले समेत कम भ्रष्टाचार हुने मुलुकको सुचिमा रहेका देशहरुमा सामाजिक न्यायको अवस्था बलियो रहेको छ । सदाचार, इमान्दारीता, इञ्छाशक्ति, नैतिकतामा बृद्धिगरी जसरी पनि पैसा कमाउने र समाजमा ब्यक्तिको ब्यक्तित्वको मापन पैसाको आधारमा मात्र गरिने पुँजीबादी चिन्तन लाई समाजका प्रत्येक तहबाट अपनाउन सके संस्कृतीकै रुपधारण गरेको नेपालमा भ्रष्टाचार कमहुने अपेक्षा गर्न सकिन्छ
अर्थतन्त्र लाई  देश बनाउने आधारसित जोडेर हेर्ने हो भने नेपालमा भ्रष्टाचार ले  देशको राष्ट्रिय अर्थतन्त्र लाई नराम्ररी पछाडि धकालिरहेको पाइन्छ। देश बन्नको लागि राष्ट्र र राष्ट्रिय राजनीति सक्षम हुनुपर्छ। विश्वमा आर्थिक रूपले कम विकसित देशहरूलाई हेर्दा ती देशहरूमा भ्रष्टाचार एउटा जटिल समस्याको रूपमा देखिएको छ जसलाई त्यहाँको राष्ट्रिय राजनीतिले निवारण गर्न सकिरहेको पाईंदैन। नेपालको वर्तमान अवस्था पनि यस्तै छ त्यसैले देश बनाउने सवालमा भ्रष्टाचारको समस्यालाई निवारण नगरेसम्म देशको आर्थिक उन्नति गर्ने आधारहरू बलियो बन्न सक्दैन।

  • -सुरेश आचार्य
  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार