संसद पुनःस्थापनको खुसियालीमा ढाकावाङ्गमा दिप प्रज्वलन

फागुन ११- सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्न गरेको फैसलालाई ढाकावाङ्ग बासीले स्वागत गर्दै दिप प्रज्वलन गरेका छन्।   

प्रतिनिधि सभा पुनःस्थापन भएको खुसियालीमा अर्घाखाँचीको ढाकावाङ्गमा स्थानीयहरुले पिपलनेटा बजारमा जम्मा भई  दिप प्रज्वल गरेका हुन्।

दिप प्रज्वलमा नेकपा (प्रचण्ड/माधव) समुहका भुमिकास्थान १ का अध्यक्ष बावुराम खनाल, भुमिकास्थान २ का इन्चार्ज शिव आचार्य, राष्ट्रिय जनमाेर्चा निकट अखिल (छैठौं) का नेता टेकराज भुसाल, भुमिकास्थान १ का निर्वाचित वडा सदस्य गाेपाल नेपाली सहित अन्य स्थानीयहरुकाे उपस्थित रहेको थियाे।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार