मुसिकोट नगरपालिका को बिकासमा जनप्रतिनिधि र कर्मचारी हरु एकजुट भएर लागि परेका छौ प्रमुख प्रशासकिय अधिकृत भुसाल

सुर्य भुसाल
फागुन १२ सुपादेउराली अनलाइन । मुसिकोट नगरपालिका गुल्मीका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले नगरको समग्र विकास हुने गरि काम भईरहेको बताउनु भएको छ । सम्वृद्ध नगरपालिका बनाउने गरि काम भईरहेको उहाँले बताउनुभयो ।
कर्मचारीहरुको अभाव हुदाहुदै पनि जनप्रतिनिधि र कर्मचारीको संयुक्त प्रयासले गतिविधिहरुलाई अगाडी बढाएको बताउनुभयो । कर्मचारी र जनप्रतिनिधि बिचको सुमधुर सम्बन्धले काम गर्न सजिलो भएको उहाँले धारणा राख्नुभयो ।
सम्भावनाले भरिएको यस नगरपालिकालाई सम्वृद्ध नगरपालिका बनाउनका सम्पुर्ण टिम लागेको बताउनुभयो । गौरवका योजनाहरुमध्ये खानेपानीको क्षेत्रमा उल्लेखनिय काम गरेको बताउँदै ७ हजार घरपरिवारमध्ये ३ हजार ५ सय घरपरिवारमा एक घर एक धारा जडान गर्ने काम सम्पन्न भएको र चालु आर्थिक वर्षमा एक हजार धारा जडान गर्ने बताउनुभयो । स्वास्थ्य, शिक्षा, पुर्वाधार, पर्यटन, कृषिका क्षेत्रमा पनि जनताले महशुस गर्ने गरि नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।
मुसिकोट नगरपालिका पर्यटनका लागि सम्भावना बोकेको क्षेत्र भएकाले सम्वृद्ध नगरपालिका बनाउन महत्वपुर्ण भुमिका खेल्ने उहाँको भनाई छ । नगरपालिकाभित्र सम्पन्न भएका र निर्माणाधिन अवस्थामा रहेका योजनाहरुको अनुगमन गर्ने कामलाई तीव्रता दिदै समयमै काम सम्पन्न गर्ने उहाँले बताउनुभयो ।
यसअघि अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा २२ महिनासम्म बसेर नमुना गाउँपालिका बनाउन अहम भुमिका खेल्नुभएका प्रमुख प्रशासकिय अधिकृत भुसाल मुसिकोट नगरपालिकालाई नमुना बनाउने कार्यमा कुनै कमी नराख्ने नगरप्रमुख सोमनाथ सापकोटाकोटा भनाइ छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार