
टेकराज भुसाल
सुपादेउराली अनलाइन अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका ४ नम्बर वडामा अवस्थित श्री शान्ति माध्यमिक बिद्यालयकाे ६२ औं वार्षिकोत्सब समारोह फागुन १३ गते बिहीबार सम्पन्न भएको छ।
समारोहमा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार वितरण तथा अक्ष्यकाेष छात्रवृत्ति वितरण गर्नुका साथै बिद्यालयले सञ्चालन गरेका भलिबल, कब्बडि, हाइजम्प जस्ता खेलमा बिजेता हुने टिमलाई पुरस्कार वितरण गरेकाे बिद्यालयले जानकारी दिएको छ।