झाँक्रीको उद्घोष, ‘मोहन विक्रम सिँहको कम्युनिष्ट विश्व विद्यालयको चेला र चित्रबहादुर केसीको कार्यकर्ता बनेर काम गर्न तयार

फागुन-१४ बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले आफुहरुले प्रधानमन्त्री केपी ओली र नेता बामदेव गौतम बाहेकका कम्युनिष्टसँग पार्टी एकता गर्न  चाहेको बताउनु भएको छ ।

नेकपा जैमिनी नगर कमिटिले शुक्रबार कुश्मीसेरामा आयोजना गरेको जनसभामा बोल्दै झाँक्रीले असंवैधानिक र प्रतिगामी कदम चाल्ने प्रधानमन्त्री ओली र बामदेव गौतमसँग पार्टी एकता गर्न नसकिने बताउनु भयो ।

उहाँले प्रधानमन्त्री ओली मुडी, सन्की र अपराधिक मानिसकता बोकेका व्यक्ति भएको आरोप लगाउनु भयो । उहाँले प्रधानमन्त्री ओलीको एकलकाटे चरित्रकै कारण मुलुकले यो दुर्भाग्य भोग्न बाध्य भएको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको पछि लाग्नेहरुलाई खबरदारी गर्न समेत कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।

आफुहरुले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी व्यक्ति प्रति भन्दा पनि प्रवृति विरुद्ध लागेको बताउनु भयो । उहाँले ओली र भण्डारी प्रवृतिलाई नामेट गरिने बताउनु भयो ।

झाँक्रीले अबको प्रधानमन्त्री समेत नेकपाबाटै हुने बताउनु भयो । संसदीय दलको नेता छान्ने अधिकार रहेको बताउँदै संसदीय दलको नेता समेत आफुहरुले छान्ने बताउनु भयो । उहाँले नेपालको संविधानको धारा ७१ (१) अनुसार नै हुने बताउनु भयो । पार्टीमा ओलीको बहुमत नपुग्ने समेत उहाँले ठोकुवा गर्नु भयो ।

भाषणको लामो समय प्रधानमन्त्रीको आलोचनामा खर्चिुनु भएका झाँक्रले प्रधानमन्त्री ओलीले तीनवर्षसम्म उखान टुक्का र चुच्चे रेलमा कुरा गरेर बिताएको बताउनु भयो ।

‘तीन वर्ष प्रधानमन्त्रीको उखान टुक्का र चुच्चे रेलमा बितायौँ’ झाँक्रीले भन्नु भयो–‘अबको बाँकी दुई वर्ष प्रयाप्त काम गरेर देखाउनु पर्छ ।’

उहाँले सूर्य चिन्ह समेत आफुहरुले नै पाउने बताउनु भयो ।

‘हामीसँग बहुमत छ, हामी संस्थापन हौँ त्यसैले चुनाव चिन्ह सूर्य हामीले नै प्राप्त गर्ने छौँ ।’ उहाँले प्रधानमन्त्री ओलीलाई विधि अनुसार दण्डित गरिने बताउनु भयो ।

उहाँले मोहन विक्रम सिँहसँग कम्युनिष्ट एकता गर्न चाहेको बताउनु भयो । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिँहले सञ्चालन गरेको कम्युनिष्ट विश्व विद्यालयको चेला बन्न चाहेको उहाँको भनाई थियो ।

पार्टी ठूलो सानो भन्दा पनि उसले उठाउने मुद्धा महत्वपूर्ण हुने बताउँदै झाँक्रीले पार्टी एकता भएमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको कार्यकर्ता बनेर काम गर्ने बताउनु भयो ।

ईपरी न्युज

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार