
सिङ्गो शिक्षा क्षेत्रलाई यसले प्रभावित पारेको छ।लाखौं विद्यार्थीहरुको पठपाठन ठप्प हुनुका साथै स्कुल कलेजका परिक्षाहरु समेत हुन सक्ने अबस्था छैन।यसबाट विद्यार्थी हरुको भबिस्य समेत अन्योलमा पर्ने देखिन्छ।यसको बैकल्पिक उपाय खोज्नु अहिलेको आबस्यकता हो
तर यस विषयलाई त्रिभुवन विश्वविद्यालयले सहजिकरण गराइदिनुपर्छ भन्ने माग राख्दै अखिल छैठौं पाल्पाका जिल्ला अध्यक्ष पुरन पोख्रेलद्वारा हस्ताक्षरित एक विज्ञप्ति नै जारी गरेको छ।
विज्ञप्तीको पुर्ण पाठ:
**********************
बिश्वसमुदाय कोरोना भाइरसको माहामरी संग जुधिरहेको छ।हामिले यो भाइरसबाट बच्नु र यसलाई परास्त गर्नु अहिलेको आबस्यकता हो।अहिले देशभर लकडाउन गरिएको छ यसबाट विभिन्न परिस्थितिहरु उत्पन्न भएका छ्न।देशका सबैजसो क्षेत्रमा यसको गम्भीर असर परिरहेको छ।सिङ्गो शिक्षा क्षेत्रलाई यसले प्रभावित पारेको छ।लाखौं विद्यार्थीहरुको पठपाठन ठप्प हुनुका साथै स्कुल कलेजका परिक्षाहरु समेत हुन सक्ने अबस्था छैन।यसबाट विद्यार्थी हरुको भबिस्य समेत अन्योलमा पर्ने देखिन्छ।यसको बैकल्पिक उपाय खोज्नु अहिलेको आबस्यकता हो।
हालै त्रिभुवन बिश्वबिद्धालयले अनलाइन कक्षा संचालन सम्बन्धि निर्देशिका सहित त्रि बि अन्तर्गतका सबै आंगिक क्याम्पस हरुमा परिपत्र गरेको छ।यसप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।बर्तमान अबस्थामा लाखौं विद्यार्थी हरु देशका मुख्त शहर बाहिर छ्न।उनीहरु आफ्ना पाठ्यपुस्तक र पाठ्यसामग्री बिना घरमै बसिरहेका छ्न।नेपालका सबै क्षेत्रमा अनलाइन कक्षा लिने गरि ईन्टरनेटको पहुँच छैन साथै सबै विद्यार्थीहरुले महँगो डाटा मार्फत कक्षा लिन सक्ने अबस्था छैन।यस्तो परिस्थितिमा कक्षा संचालन गरिए लाखौं विद्यार्थीहरु शिक्षा लिन पाउने अधिकार बाट बन्चित हुनेछ्न।
बर्तमान परिस्थितिमा बैकल्पिक रुपमा अनलाइन कक्षा संचालन गर्दा त्रिभुवन बिश्वबिधालय,नेपाल सरकार र दुरसंचार प्रा.लि. हरुको समन्वयमा विद्यार्थी हरुकालागी निशुल्क डाटा प्याक उपलब्ध गराइ प्रयोगात्मक बाहेकका बिषयको कक्षा संचालक गर्न र कक्षा लिन नसक्ने विद्यार्थी हरुको सम्बन्धित संस्थाले डाटा संकलन गरि बैकल्पिक उपायको खोजी गर्न माग गर्दछौं। पाल्पा जिल्लाका त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा लगाएत सबै क्याम्पस हरुलाइ आबस्यक छलफल तथा तयारीमा जुटन अनुरोध गर्दछौं ।