ज्योति लाइफले फागुन २३ देखि आईपिओ निष्काशन गर्ने, ६ दिनसम्म आवेदन दिन मिल्ने

काठमाडौं ।  ज्योति लाइफ इन्स्योरेन्स Jyoti Life Insurance Company  ले फागुन २३ गतेदेखि
आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

जस मध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र   ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।  लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन्।

लगानीकर्ताले फागुन २८ गतेसम्म आवेदन दिन सक्ने छन्। फागुन २४ गते महिला दिवस र २७ गते महाशिवरात्रीको सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ६ दिन बिक्रि खुला रहने छ ।

आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार