जिल्लाकाे भुमिकास्थान नगरपालिका ढाकावाङ्गमा अवस्थित विश्व माध्यमिक बिद्यालयका बिद्यार्थीले बिद्यालयमा आन्दोलन गरेका छन्।
कक्षा ११ र १२ का बिद्यार्थी सँग बिद्यालयले शुल्क मागेको भन्दै बिद्यार्थी आन्दोलन उत्रेका हुन्।
भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले बिद्यार्थी सँग १ रुपियाँ पनि बिद्यालयले लिन नहुने भनी बिद्यार्थी सँग टेलिफोन मार्फत भनेपछि बिद्यार्थी थप बिद्यालय प्रति आन्दोलित भएकाे बिद्यार्थीले जनाएका छन्।