
हामीले १११ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाइ रहदा यो आन्दोलनकी अग्रणी महिला नेतृ क्लारा जेट्किनको बिषयमा जान्नु आवश्यक छ ।
त्यसैले यो उहाँको संक्षिप्त जिवनी प्रस्तुत गर्न चाहान्छु । क्लारा जेट्किनको जन्म ५ जुलाइ १८५७ मा जर्मनमा भएको हो । उनी बुबा गट्फ्राइट आइवनर र आमा जोसेफिनका तीन सन्तान मध्य जेठी छोरी हुन । उनका बुबा सेक्सोनिमा मास्टर थिए भने चर्चको संरक्षक पनि थिए ।
उनकी आमा फ्रान्सेली मुलकी थिइन । उनी किसान परिवारकी शिक्षित महिला थिइन । क्लाराको परिवार १८७२ मा लिप्जिङमा सर्यो । उनले महिलाको पढाइ हुने लिप्जिङका महिला टिचरबाट नै ज्ञान आर्जन गरिन । त्यहाँ उनले सोसियल डेमोक्रेटिक पार्टी सङ सम्बन्ध स्थापित गरिन । उनले त्यो बेला देखि नै महिला आन्दोलन र श्रमिक आन्दोलनका बारेमा धेरै कुरा बुझेकी थिइन ।
१८७८ मा विस्मार्कले जर्मनीमा सामाजिक कृयाकलापमा प्रतिबन्ध लगाएपछी उनले जुरिच छाडिन र पेरिसमा निर्वासित जीवन बिताउन थालिन । पेरिसमा उनले पत्रकारिता र अनुवाद सम्बन्धी अध्ययन गरिन । त्यही समयमा उनले सोसियलिस्ट इन्टरनेशनल ग्रुपको आधार तयार गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गरिन । एकजना रशियन नागरिक ओसिप जेट्किन सङ उनको सामीप्यता बढ्यो । उनि मार्क्सवादका राम्रा अध्याता थिए ।
क्लाराले ओसिप सङ बिहे गरिन र दुईवटा छोरा पनि जन्मे । क्लाराको खासगरी राजनीतिको सुरुवात ओसिप सङको परिचय पछि नै सुरु भयो । उनी ओसिप सङको संगत र समाजवादी पार्टीका प्रशिक्षणबाट निकै प्रभावित थिइन । त्यो वातावरणले उनलाई समाजवादी क्रान्ती र महिला मुक्ती आन्दोलनको संघर्षमा लाग्न प्रेरणा दियो ।
फलस्वरूप उनी १८७८ मै सोसियल ओर्कर पार्टीको सदस्यता प्राप्त गरिन । १८८० तिरको जर्मनको बिग्रदो राजनैतिक अवस्थाका कारण उनी फेरि स्विजरल्याण्डमा निर्वासित भैइन र केही बर्ष पछि फ्रान्समा आइन । त्यसको करिव एक दशक पछि पुन उनी जर्मनी फर्किन र सोसियल डेमोक्रेटिक पार्टीले प्रकाशन गर्ने पत्रिकाको सम्पादकको रुपमा काम गर्न थालिन । यो काम उनले करिव २५ बर्ष गरिन ।
१८८९ को सुरु तिर ओसिप निकै बिरामी परे र उनको छिट्टै नै निधन भयो । यसरी क्लारा बिहे गरेको केही समय पछि नै जीवन साथी गुमाउनु पर्यो । उनका पति ओसिपको निधन भएको करिव ८ बर्ष पछि आफू भन्दा १८ वर्ष कान्छो, कलाकार जर्ज फ्रेडरिच जुन्दल सङ क्लाराको दोस्रो बिबाह भयो । उनको पतिको निधन पछि पनि उनले आफ्नो सामाजिक तथा राजनैतिक यात्रालाइ रोकिनन् ।
१८९० मा सोसियल डेमोक्रेटिक पार्टीको नाम परिवर्तन भएर सोसियल डेमोक्रेटिक पार्टी अफ जर्मन (एस पि डि) भयो । एसपिडी मा उनको संगत अर्कि साहसी महिला अधिकारकर्मी रोजा लग्जेम्वर सङ भयो । २०औं शताब्दीको अन्त्य तिर एडुवार्ड वर्न्स्टेनको संशोधनवादी नीतिको तिब्र बहस थियो । यी दुई अधिकारकर्मी मिलेर त्यो नीतिको कडा प्रतिवाद गरे । एडुवार्डको त्यो नीति क्रान्तिकारी परिवर्तनको खिलापमा थियो ।
महिलाको राजनीतिमा सहभागिता , समान अवसर र महिलाले भोट गर्न पाउनु पर्ने अधिकारको विषयमा क्लाराको प्रमुख जोड थियो । उनले यिनै अधिकारको प्राप्तिको लागि जर्मनमा लामो समय सम्म समाजिक प्रजातान्त्रिक महिला आन्दोलनको नेतृत्व गरिराखिन । उनले १९०७ मा एसपिडिको महिला बिभागको नेतृत्व गरिन ।अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा पनि उनको महत्त्वपूर्ण भुमिका रह्यो ।
१९१० अगस्टमा प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलन सप्पन्न भयो । त्यतिबेला अ्मेरिकाकी सामाजिक अभियन्ता लुईस जेटले पहिलो पटक अन्तर्राष्ट्रिय नारी दिवसको कुरा उठाएकी थिइन । त्यसपछी त्यो बिषयमा कुरा उठाउने दोस्रो महिला क्लारा नै थिइन । यधपी त्यो सम्मेलनले कुन दिन महिला दिवस मनाउने भन्ने बारे कुनै निर्णय भने गर्न सकेन ।
त्यति बेला १७ देशका १०० प्रतिनिधि महिलाहरुले मतदान गर्न पाउनुपर्ने र समान अधिकार पाउनुपर्ने नीतिको लागि संयुक्त रुपमा संघर्ष गर्नुपर्ने कुरामा जोड दिएका थिए । त्यसको अर्को साल १९११ मार्च १९ का दिन आस्ट्रीया, डेनमार्क, जर्मनी र स्विजरल्याण्डका हजारौं महिलाले प्रदर्शन गरेका थिए । त्यो आन्दोलनले महिला अधिकारका कयौं बिषयमा सफलता हासिल गरेको थियो ।
क्लारा `बुर्जुवा महिलावादी´ प्रती गम्भीर असहमति राख्थिन । उनको विचारमा त्यस्ता महिलावादीहरुले मेहनतकस र श्रमजीवी महिलाहरुलाइ फुटाउने र तिनिहरुले महिला अधिकारको पक्षमा लड्न नसक्ने कुरामा जोड थियो । १९१६ मा एसपिडी बाट अलग भएर स्थापना भएको इन्डिपिन्डेन्ट सोसियल डेमोक्रेटिक पार्टी अफ जर्मन (युएसपिडी) को क्लारा स्थापक सदस्य भइन ।
त्यसपछी पनि क्लाराले महिलाको मताधिकार, समान ज्याला, र समान अधिकारको विषयलाई बुलन्द नै पारिन । १९१९ को जर्मन क्रान्ती पछि उनि जर्मन कम्युनिस्ट पार्टीको सदस्य भइन । त्यसपछि उनी झण्डै १३ बर्ष पार्टीको तर्फबाट तल्लो सदनको प्रतिनिधिको रुपमा काम गरिन । उनले १९२० मा महान नेता लेनिन सङ `महिलाका प्रश्न बारे´ अन्तर्वार्ता पनि लिएकी थिइन ।
उनी १९२० अक्टोबरमा कम्युनिस्ट अन्तर्राष्ट्रियले बनाएको महिलाको अन्तर्राष्ट्रिय सचिवालयको सदस्य पनि थिइन । १९२१, जुन मा मस्कोमा सम्पन्न भएको क्म्युनिस्ट महिलाको दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलनको अध्यक्षता क्लाराले गरेकी थिइन । त्यो सम्मेलनले नै विधिगत रुपमा मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।
जब हिट्लर र उसको नाजी पार्टीले जर्मनिको सत्ता हत्तायो त्यसपछी १९३३ मा जर्मन कम्युनिस्ट पार्टी माथी प्रतिबन्ध लगायो । त्यसपछि उनी अन्तिम पटक सोभियत संघमा निर्वासित जीवन बिताउन गइन। क्लाराको झण्डै ७६ बर्षको उमेरमा जुन २०,१९३३ मा मास्काउ नजिकै निधन भयो ।
यसरी क्लारा जेट्किन जस्ती महान महिला अधिकारकर्मिको अन्तर्राष्ट्रिय महिला आन्दोलनको ऐतिहासिक योगदानद्वारा नै हामिले अन्तर्राष्ट्रिय नारी दिवस मनाउन पाएका छौं । आज संसारभरका श्रमजीवी र मेहनतकस महिलाले उनलाई सम्झिरहेका छन ।
स्रोत:१- विकिपेडिया
२- इन्टर्नेश्नल ओमेन्स डे डट कम
३- हिस्ट्री अफ ओमेन्स डे
४- बिब्लियोग्राफी अफ क्लारा जेटकिन
लेखक