भुमिकास्थान-२ को ढाकावाङ्गमा मनाइयो १११ औं अन्तर्राष्ट्रिय महिला दिवस

फागुन २४ सुपादेउराली अनलाइन अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका वाड नम्बर २ काे आयोजनामा ढाकावाङ्गकाे पिपलनेटामा १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ।

” महिलाको सुरक्षा, सम्मान र राेजगार : समृद्ध नेपालकाे आधार” राष्ट्रिय नाराका साथ १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हाे।

महिला हिंसा बन्द गर, बलात्कारीलाई कार्वाही गर, महिला पुरुष एक हाैं लगायतका नाराहरु लगाउदै हाटबजार देखि सुरु भएको र्याली पिपलनेटामा पुगेर सभामा परिणत भएको थियोे ।

भुमिकास्थान नगरपालिका २ नम्वर वडा कि वडा सदस्य केसरा परियारको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य ओम प्रकाश खनाल, २ नम्बर वडाका कर्मचारी खिम बहादुर राउत, ढाकावाङ्ग प्रहरी चाैकि का इन्चार्ज गणेश गिरि, सव- इन्जिनियर फद्रिन्द पुन, पत्रकार टेकराज भुसाल लगायतको उपस्थित रहेकाे कार्यक्रम आरता वेल्वासेकाे सञ्चालन र अस्मिता बेल्वासेकाे स्वागत मन्त्वयमा सम्पन्न भएको थियाे।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार