१११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस प्युठानको गौमुखीमा मनाइयो

जुमान सिंह केसी,
फागुन २४ सुपादेउराली अनलाइन प्युठान।
१११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस प्युठानको गौमुखी गाउँपालिका ठुलाबेसिमा विविध कार्यक्रमका साथ भब्य रुपमा सम्पन्न भएको छ।

“महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइएको हो। सयौंको संख्यामा उपस्थिति महिलाहरुले महिला हिंसा अन्त्य गरौं, महिलाको अधिकार सुनिश्चित गरौं, सबै प्रकारको विभेद अन्त्य गरौं जस्ता नारा लेखिएका प्लेकार्ड सहित ठुलाबेसी बजार परिक्रमा गरि औपचारिक कार्यक्रम गरिएको थियो।

कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष तुल्सी सुनार रहनु भएको थियो । कार्यक्रममा गाउँपालिकाका सामाजिक विकास समितीका संयोजक टुक ब. के सि. ,वाड न ४ का सदस्य हरि ब के सि, राजमोका भरत केसीलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

बोल्ने वक्ताहरूले महिलाका अधिकार निति बनेपनि कार्यनयन हुन नसकेको भन्दै सबैको ध्यान जानू पर्ने बताएका थिए।

कार्यक्रममा महिला हिंसा विरुद्ध लोक नृत्य, महिला कुर्सी दौड,महिला घैटोफोर जस्ता प्रतियोगित्तामक कार्यक्रम संचालन गरिएको थियो। प्रतियोगितामा प्रथम , द्वितीय,तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको थियो। पालिका स्तरीय महिला संजालको आयोजना तथा गौमुखी गाउँपालिकाको सहयोगमा कार्यक्रम संचालन गरिएको संजालका अध्यक्ष कमला पोख्रेलले बताउनु भयो।

कार्यक्रमको स्वागत मन्त्ब्य यसोदा के सि, संचालन मिरा के सि ले गर्नु भएको थियो भने अध्यक्षता गाउँपालिका स्तरीय महिला संजालका अध्यक्ष कमला पोख्रेलले गर्नु भएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार