
फागुन- २९ अर्घाखाँची । पुर्व विद्यार्थी नेता तथा प्युठान डट कम कम्प्युटर ईन्सिच्युटका प्रोपाइटर बिष्णु शर्माले जन्मदिनको अवसरमा रोगी तथा विपन्न परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ ।
प्युठान जिल्ला मल्लरानी गाउँपालिका वार्ड नं.-३ छापेखोला निवासी पूर्व विद्यार्थी नेता तथा हाल प्युठान डट कम कम्प्युटर ईन्सिच्युट, भु.न.पा.-१ पिपलनेटा अर्घाखाँचीका संचालक एवम् सामाजिक अभियान्ता बिष्णु शर्माद्वारा रोगले ग्रसित तथा आर्थिक रुपले अति विपन्न परिवारलाई सो सहयोग गर्नु भएको हो ।
उक्त कार्यक्रममा आजको दिनमा जन्मदिन पर्नुहुने विष्णु शर्माले मन्तब्य व्यक्त गर्दै भन्नुभयो ” पछिल्लो समयमा पश्चिमी संस्कृतिलाई अंगालेर टडकभडकका साथ जन्मदिन मनाउने, अनावश्यक खर्च गर्ने जस्ता सामाजिक विकृति तथा क्रीयाकलापहरु रोकथाम गर्नुपर्छ , यो मेरो सहयोगले समस्यालाई पूर्णरूपमा समाधान गर्न नसक्ला तर यो अभियानले अबको दिनमा अन्य व्यक्तिहरूले पनि दुखी तथा विपन्न परिवारको लागि सहयोग प्रदान गर्ने एउटा मार्गदर्शन पक्कै गर्नेछ साथै सामाजिक रुपान्तरणको क्षेत्रमा सबैले ध्यान दिनुपर्छ ।”
कार्यक्रममा भुमिकास्थान-१ का वडा सदस्य गोपाल नेपाली, माओबादी केन्द्र भु.न.पा.-१ का अध्यक्ष बाबुराम खनाल, राष्ट्रिय जनमोर्चाका स्थानीय नेता प्रकास खनाल, शिक्षक तिलक राम बन्जाडे, पूर्व शिक्षक सूर्य खनाल तथा व्यापारी रामु नेपालीको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन ढाकाबाङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी श्याम चुँदालीले गर्नुभएको थियो ।