अखिल नेपाल शिक्षक संघ भुमिकास्थान नगर समितिको दोस्रो नगर भेला सम्पन्न

गोपाल प्रसाद भट्टराई,

फागुन- २९ सुपादेउराली अनलाइन अर्घाखाँची । अखिल नेपाल शिक्षक संघ भुमिकास्थान नगर समितिको अध्यक्षमा कृष्ण प्रसाद बन्जाडे निर्बाचित हुनुभएको छ ।

राष्ट्रिय जनमोर्चा निकटको शिक्षक संघको भुमिकास्थान–२,खाकाबेसीमा आज सम्पन्न दोस्रो नगर भेलाले जिल्ला अध्यक्ष समेत रहनुभएका नगर अध्यक्ष बन्जाडेको नेतृत्वमा १७ सदस्यिय नयाँ समिति गठन गरेको हो । नगरपालिकाको १० वटै वडाबाट सहभागि शिक्षक नेताहरु र राष्ट्रिय जनमोर्चाका नेताहरुको बिशेष उपस्थितिमा सम्पन्न भेलाबाट गठित नगर समितिको उपाध्यक्षमा इन्द्रमणी भुसाल,सचिवमा राम प्रसाद खनाल,सह–सचिवमा पवित्रा आले र कोषाध्यक्षमा कृष्ण रोका सर्वसहमत चयन हुनुभएको छ । यस्तै समितिको सदस्यहरुमा खेमराज भाट,बिरेन्द्र पौड्याल,शसिधर के.सी.,कविराज वि.क.,राम बहादुर थापा,राम बहादुर परियार,भिम प्रसाद बन्जाडे,सुरज खनाल,गोपाल आचार्य,शिव अर्जेल,भेषराज भुसाल र राम बहादुर बन्जाडे छनौट हुनुभएको छ ।

भेलाको उद्घाटन समारोहमा प्रमुख अतिथि राजमो नेता सागर के.सी.,बाबुराम पन्थी,खड्ग बहादुर थापा,शिक्षक संघका जिल्ला सचिव दल बहादुर के.सी. लगायतले मन्तव्य राख्दै शिक्षक एक कर्मचारि मात्र नभइ सामाजिक विकासको अभियान्ता समेत भएकोले समृद्ध समाज निर्माणमा आ–आफ्नो ठाउँबाट योगदान पु¥याउनुपर्नेमा जोड दिनुभएको छ । शिक्षाको क्षेत्रमा रहेका विकृतिहरुलाई हटाउन सम्झौताहिन संघर्ष गर्न उहाँहरुले सुझाव दिनुभएको छ ।

भेलाले केहीदिन अगाडि विश्व मा.वि.ढाकावाङ्गमा कक्षा ११ र १२ को शुल्क सम्बन्धिको बिवादमा कुनै तहको नेतृत्वले नै अनावस्यक उचाल्ने काम गरेको भन्दै भ्रत्सना गर्ने पनि भेलाले निर्णय गरेको बताइएको छ । सरकारले निशुल्क शिक्षा भनेपनि नारामै सिमित राखेको,ब्यबहारमा उतार्न नसकेको सन्दर्भमा सरकारकै प्रतिनिधिले केही विद्यार्थिलाई उचालेर राजनिति गर्न खोज्नु गलत भएको शिक्षक संघले ठहर गरेको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार